१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

आइफोन ५ विश्वको सर्वाधिक बिक्री हुने स्मार्टफोन

एप्पलको आइफोन फाइभ अथवा सामसङ ग्यालेक्सी एस फोर कुन चाहिँ विश्वको नम्बर एक स्मार्टफोन होला? उपभोक्ताका राय आ आफ्ना हुनसक्छन् तर भर्खरै गरिएको एउटा अध्ययनले भनेको छ एप्पल आइफोन फाइभ विश्वमै सर्वाधिक बिक्री हुने स्मार्टफोन हो। 'आइफोन फाइभको विश्वव्यापी छाप यस्तो रह्यो कि सबैले यो बोक्नै पर्ने हिसाबले लिए', अमेरिका केन्द्रीय कार्यालय रहेको ग्लोबल अनुसन्धान संस्था क्यानअकोर्ड जेनयुटीले प्रतिवेदन सार्वजनिक गर्दै भनेको छ।आइफोनको मुख्य प्रतिस्पर्धी को हो त? निश्चय नै सामसङले यो वर्ष ल्याएको ग्यालेक्सी एसफोर आइफोन फाइभको 'मुख्य प्रतिस्पर्धी' भएको अनुसन्धानले औंल्याएको छ। प्रतिवेनमा भनिएको छ- 'स्मार्टफोनको विश्व बजारमा एप्पलको हिस्सा सामसङले खोसेको छ।' क्यानअकोर्डले ग्यालेक्सी एसफोरले आइफोनको कति हिस्सा कब्जा गर्‍यो भन्ने चाहिँ खुलाएको छैन। प्रतिस्पर्धाको पक्ष एकातिर भए पनि यी दुवै स्मार्टफोनको माग विश्व बजारमा अझै केही महिना उच्च रहने निचोड क्यानअकोर्डको छ।

अनुसन्धानले अर्को रोचक तथ्य खुलासा गर्दै भनेको छ - 'केही वर्षअघिको आइफोन फोरको माग विश्व बजारमा अहिले पनि उत्तिकै दह्रो छ।' एप्पलले केही समयअघि आइफोन ४ आपूर्तिमा कटौती गर्दै ३० मिलियन युनिटबाट २८ मिलियनमा झारेको थियो। अनुसन्धानले विश्वमा 'आइफोन फोर लभर्स' रहेको देखाएको छ।

प्रकाशित: २७ असार २०७० ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App