नागरिक दैनिकको प्रकाशक नेपाल रिपब्लिक मिडिया प्रालिले २७ असारबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने 'एडुफेयर २०१३' (शैक्षिक मेला) को अवसर पारेर टेलिकमले नयाँ प्याकेजसहितको सेवा सार्वजनिक गर्न लागेको हो। प्योकजसहितको सेवाका लागि उपभोक्ताले २ हजार ४ सय ५९ रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो प्याकेजमा एक जिबीको मेमोरी कार्ड, १५ सय ९९ सय रुपैयाँ पर्ने इभिडिओ डंगोल, २ सय रुपैयाँ पर्ने रिमकार्ड र एक महिनाका लागि पाँच जिबी डाटा उपलब्ध हुनेछ। शैक्षिक मेलामा रहने टेलिकमको एक सय ७ नम्बरको स्टलमा यो प्याकेज वितरण गरिनेछ। यसका लागि सेवाग्राही नागरिकता र फोटो लिएर मेलाको स्टलमा पुग्नुपर्नेछ।
डंग्ाोलसहितको थ्रिजी इभिडिओ देशभर जुनै पनि ठाउँमा ल्यापटप र डेक्सटप कम्प्युटरमा चलाउन मिल्ने टेलिकमले जानकारी दिएको छ। यो सेवा सिडिएमए स्मार्टफोनमा बिनाडंगोल वाइफाई हटस्पटमा आधारित भएर पनि चलाउन मिल्छ।
थ्रिजी इभिडिओको शुल्क ५० पैसा प्रति मेगाबाइट तोकिएको छ। भोल्युममा आधारित प्याकेज लिन चाहनेका लागि भने यो शुल्कमा केही छुट हुनेछ। भोल्युम बेसमा एक महिनाका लागि १० जिबी डाटा लिनेलाई प्रति मेगाबाइट २३ पैसा र पाँच जिबी लिनेलाई प्रति महिना १७ सय ६० रुपैयाँ शुल्क तोकिएको छ।
प्याकेजसहितको यो सेवा विद्यार्थी र व्यवसायीका लागि ज्यादा उपयोगी हुने टेलिकमले जानकारी दिएको छ। टेलिकमले जानकारी दिएअनुसार देशभरमा हाल एक लाख ३६ हजार ५ सय ७३ ले इभिडिओबाट इन्टरनेट प्रयोग गरिरहेका छन्। टेलिकमका सिडिएमएको सक्रिय प्रयोगकर्ता ९ लाख ६० हजार छन्। जसमध्ये प्रिपेड सिडिएमए प्रयोग गर्ने ९ लाख र पोस्टपेड प्रयोग गर्ने ६० हजारजना छन्। थ्रिजी इभिडिओ सेवा सजिलै प्रयोग गर्न सक्नेछन्। टेलिकमका देशभरका काउन्टरबाट सिडिएमएको रिम बिक्री भइरहेका छन्। इन्टरनेट प्रयोगकर्ताको संख्या एक करोड पुर्याभउने लक्ष्यसहित टेलिकम थ्रिजी लगायत अन्य इन्टरनेट सेवा विस्तारमा आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।
प्रकाशित: २५ असार २०७० २१:३२ मंगलबार





