coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

सामसुङको ‘ग्यालेक्सी एस २१’ नेपालमा

विश्वको अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले आफ्नो पछिल्लो फ्ल्यागशिप 'एस२१' सिरिज नेपालमा ल्याउने योजना बनाइरहेको छ। कम्पनीले उक्त मोडलको प्रि–यही २२ जनवरीदेखि सुरु गरेको छ। सामसुङले विश्वव्यापी रुपमा 'ग्यालेक्सी एस २१' श्रृंखलाको अनावरण गरिसकेको छ। जसले हालसम्म निर्माण भएका स्मार्ट फोनहरुको तुलनामा एक नयाँ आयाम प्रदान गर्ने अपेक्षा गरिएको थियो।

विश्वभरका प्रयोगकर्ताहरुले यसको अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि उक्त मोडललाई निकै रुचाएका छन्। यो स्मार्टफोन उत्कृष्ट क्यामेरा खोज्ने प्रयोगकर्ताहरूको लागि शक्तिशाली प्रोसेसरसहित बनेको छ।  

विभिन्न रंगमा उपलब्ध यस फोनको डिजाइनले नयाँ स्टाइलसहित एक परिष्कृत रुप प्रदान गरेको छ। सामसुङ नेपालले यस स्मार्टफोन खरिद गर्न चाहने उपभोक्ताहरुका लागि आकर्षक योजनासहित प्रि–अर्डर घोषणा गरेको छ।

प्रकाशित: ११ माघ २०७७ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App