काठमाडौं, वैशाख १० (नागरिक) - सोनीका विद्युतीय एवं सूचना प्रविधि सामग्री बिक्रेता नेपाहिमा ट्रेडलिंकले नेपाली बजारमा सोनीको स्मार्टफोन भित्र्याएको छ।

कम्पनीले सोनीको स्मार्टफोन एक्सपेरिया जेड नेपाली बजारमा भिœयाएको हो। गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित यो स्मार्टफोन मंगलबारदेखि उपभोक्ताले किन्न पाउनेछन्। यसमा एन्ड्रोइडको ४.१ जेलिबिन भर्सन प्रयोग भएको छ। नेपाली बजारमा स्मार्टफोनको माग बढेकाले नयाँ उत्पादन बजारमा ल्याएको कम्पनीले जनाएको छ।
कम्पनीले पानीले पनि कुनै असर नगर्ने विशेषतायुक्त यो फोन नेपाली बजारमा लोकप्रिय हुने दाबी गरेको छ। विश्वमा १० वटा मोबाइल फोनमध्ये पानीबाट ९ वटा बिग्रने गरेको विभिन्न अनुसन्धानले देखाएका छन्। तर, यो फोनमा यस्तो समस्या नआउने कम्पनीको दाबी छ।
पाँच इन्चको फुल एचडी १०८०-पी रियालिटी डिस्प्लेयुक्त यो मोबाइलमा स्न्यापड्रागन एस-फोर प्रो क्युड कोर प्रोसेसर प्रयोग भएको छ। १३ मेगापिक्सेलको क्यामेरायुक्त यो स्मार्टफोनमा सोनीको आधुनिक प्रविधि प्रयोग भएको छ। आकर्षक डिजाइनयुक्त यो स्मार्टफोनमा यसमा टिभी, तस्बिर, म्युजिक, फिल्म, गेमलगायतो आधा शताब्दीको अन्वेषण समावेश भएको कम्पनीको दाबी छ। यसमा वनटच फङ्सन छ।
यसमा मोबाइल ब्राभिया इन्जिन टुको प्रयोग भएकाले उपभोक्ताले ब्राभिया टिभीको अनुभव गर्न सक्नेछन्। यसमा सोनीको डिजीटल क्यामेराको अनुभव गर्ने सकिने खालको क्यामेरा जडान भएको छ। यसमा १.५ गिगाहर्जको प्रोसेसर प्रयोग भएको छ। २ जिबीको र्यािमयुक्त यो स्मार्टफोनमा वायरलेस म्युजिक सेयरिङ, धुलो प्रतिरोधी क्षमता, सोनी मिडिया एप्लिकेसनलगायत सुविधा छन्। यसको रोम मेमोरी १६ जिबी छ। यसको मूल्य ६७ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले एक्सपेरिया सिरिजका थप चारवटा फोन पनि नेपाली बजारमा भिœयाएको छ। कम्पनीले सोनीका अरु सामग्री नेपालमा बिक्री गरिरहे पनि फोनभने पहिलो पटक भिœयाएको हो।
प्रकाशित: १० वैशाख २०७० ०१:०५ मंगलबार





-600x400.jpg)