२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

ह्याक अकाउन्टबाट फिफा अध्यक्षले भने - मैले भ्रष्टाचार गरेको हुँ

काठमाडौँ, वैशाख ९ (नागरिक) - फिफा अध्यक्ष सेप ब्लाटर र फिफा विश्वकपको आधिकारिक ट्विटर अकाउन्ट सोमबार राति ह्याक भएको छ। ह्याक भएको अकाउन्टबाट फिफा अध्यक्षको नाममा भ्रष्टाचार र राजीनामा अनि कतारी अमिरलाई उत्तराधिकारी तोकिएको लगायतका ट्विट गरिएको छ। फिफा विश्वकप (@) को अकाउन्टबाट ब्लाटरले भ्रष्टाचारका कारण राजीनामा दिएको ट्विटलाई उनको अकाउन्ट @ ले रिट्विटमात्रै गरेको छैन, कतारी अमिरलाई आफ्नो उत्तराधिकारी घोषणा पनि उनकै  ह्याक गरिएको अकाउन्टबाट गरिएको छ।

सिरियन इलेक्ट्रोनिक आर्मीले उनकै आइडीबाट आफूहरुले अकाउन्ट ह्याक गरेको दावी पनि गरेका छन्। त्यसैगरी ट्विटर फेलर भन्दै तिमीहरुले हामीलाई रोक्न नसक्ने भन्दै ट्विटरलाई चुनौति दिने ट्विट पनि भएको छ।

ह्याक भएको अकाउन्टबाट गरिएका ट्विटहरु (अहिले यी ट्विट हटाइसकिएका छन्)-

 

 

प्रकाशित: ९ वैशाख २०७० ११:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App