८ वैशाख २०८१ शनिबार
प्रविधि

चिनियाँ चन्द्र यान चन्द्रमाको माटो लिएर फर्कियो

चीनको चन्द्र यान चाङ ई-५ ले चन्द्रमाको सतहको पत्थर र माटो लिएर फर्किएको छ। अमेरिकाको अपोलो र सोभियत संघको लूना चन्द्र अभियानपछि चिनियाँ यानले चन्द्रमाको सतहको नमुना लिएर आएको हो।

चिनियाँ यानले ल्याएको नमुनाबाट यस उपग्रहको सतह र विगतबारे नयाँ जानकारी पाउन सकिने आसा गरिएको छ।

चाङ ई-५ यान स्थानीय समयअनुसार बिहीबार राति मंगोलियाको भित्र भागमा उत्रिएको थियो।

पछिल्लो समय अन्तरिक्षमा लगातार आफ्नो अनुसन्धान बढाइरहेको चीनले यो मिसनलाई ठूलो उपलव्धीको रुपमा लिएको छ।

पछिल्लो सात वर्षमा चाङ-५ चीनको तेस्रो सफल चन्द्र अभियान हो। अपोलो र लूनाले चन्द्रमाको सतहबाट करिव ४ सय किलो माटो र पत्थर जम्मा गरेको थियो। त्यहाँबाट ति यानले ल्याएका सबै अमुना ३ अर्ब वर्ष पुराना हुन्।

 

 

प्रकाशित: २ पुस २०७७ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App