'प्रधानमन्त्रीको स्वच्छ प्रतिक्रिया आओस् भन्ने चाहना थियो,' पाण्डेले भने, 'तर फोहोर शब्द मेन्सन गरेर प्रधाननमन्त्रीलाई गाली आउन थाल्यो', पाण्डेले प्रधानमन्त्रीले आदरार्थी नखोजेको प्रष्ट्याए।
'प्रधानमन्त्रीले आदरार्थी खोज्नुभएको छैन,' उनले थपे, 'तर सामान्य शिष्टता पालना गरेको देखिएन। फोहोर, आपत्तिजनक र अश्लील शब्द, चित्र प्रयोग गरेकाले प्रधानमन्त्रीले यस्तो आग्रह गर्नुभएको हो।'
पछिल्लो समयमा आफ्ना अभिव्यक्ति ट्विटरमार्फत् सार्वजनिक गर्दै आएका प्रधानमन्त्री भट्टराईले मंगलबारै ट्विटमार्फत भगवान कोइरालाको राजीनामा दुर्भाग्य भएको बताएका थिए। उनले शिक्षण अस्पतालको समस्या हल गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिइसकेको बताएका थिए।
कृपया अश्लील शव्दको प्रयोग नगरौं । न्यूनतम शिष्टताको निर्वाह गरौं । मन नपरे वा मन नलागे लेख्ने वा वोल्ने कष्ट नगरौं ।
— Baburam Bhattarai (@brb_laaldhwoj) March 5, 2013
प्रकाशित: २२ फाल्गुन २०६९ ०२:०२ मंगलबार





