२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

कलर्सका नयाँ एन्ड्रोइड स्मार्टफोन बजारमा

काठमाडौं, माघ ८ (नागरिक)-कलर्स मोबाइलको बिक्रेता टेलिटक प्रालिले नेपाली बजारमा दुईथरी नयाँ स्मार्टफोन बजारमा ल्याएको छ।
कम्पनीले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित नयाँ स्मार्टफोन बजारमा ल्याएको हो। टेलिटकले एक्स फ्याक्टर सिरिजमा नयाँ स्मार्टफोन ल्याएको हो। कम्पनीले एक्स फ्याक्टर बोल्ड र एक्स फ्याक्टर साइन मोडलका नयाँ स्मार्टफोन बिक्री सुरु गरेको हो।

टेलिटकका निर्देशक रोहित गुप्ता, प्रमुख कार्यकारी अधिकृत सञ्जीव अग्रवाल र एक्स फ्याक्टरकी ब्रान्ड एम्बेसडर साहना वज्राचार्यले संयुक्तरुपमा आइतबार राजधानीमा नयाँ स्मार्टफोनको बिक्री सुरु गरेका हुन्। कार्यक्रममै कम्पनीले बज्राचार्यलाई ब्रान्ड एम्बेसडर बनाएको थियो।
‘नेपाली ग्राहकको क्रय क्षमताअनुसार आवश्यक पर्ने खालका स्मार्टफोन हामीले बजारमा ल्याएका छौं,' कार्यक्रममा अग्रवालले भने। कलर्सले नेपाली बजारमा हाल २२ वटा मोडलका सेटहरु बिक्री गरिरहेको छ।
नयाँ स्मार्टफोन एक्स फ्याक्टर बोल्डमा दुइटा सिमकार्ड प्रयोग गर्न मिल्छ। यसमा थि्रजी सिमकार्ड चलाउन सकिन्छ। ५ इन्चको टचस्त्रि्कन, आइसक्रिम स्यान्डविच ४.०.४ भर्सनको एन्ड्रोइड अपरेटिङ सिस्टम, ५ मेगापिक्सेलको क्यामेरा, ०.३ मेगापिक्सेलको फ्रन्ट क्यामेरालगायत विशेषता यसमा छन्।
एक्स फ्याक्टर साइन मोडलमा पनि दुइटा सिमकार्ड प्रयोग गर्न मिल्छ। यसमा ४ इन्चको टचस्त्रि्कन, आइसक्रिम स्यान्डविच ४.०.४ भर्सनको अपरेटिङ सिस्टम, ५ मेगापिक्सेलको क्यामेरा, ०.३ मेगापिक्सेलको फ्रन्ट क्यामेरालगायतका सुविधा यसमा छन्।
कम्पनीले ८ जिबीको मेमोरी कार्डसहित एक्स फ्याक्टर बोल्ड स्मार्टफोन १८ हजार ६ सय ९० रुपैयाँमा बिक्री गर्ने जनाएको छ। यसैगरी एक्स फ्याक्टर साइनको मूल्य भने १२ हजार ५ सय रुपैयाँमा पाइने छ।

प्रकाशित: ७ माघ २०६९ २२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App