२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

राष्ट्रिय वेबसाइट प्रतिपर्स्धा

काठमाडौं, पुस १८ - देश विभिन्न कलेज तथा विश्वविद्यालयमा सूचना तथा प्रविधि विषय अध्ययन गरिरहेका विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले 'राष्ट्रव्यापी वेबसाइट प्रतिस्पर्धा' आजदेखि सुरु भएको छ। कम्प्युटर एसोसियसन अफ नेपाल(क्यान) र शस्त्र क्रियसन्सको संयुक्त आयोजनामा पहिलोपटक राष्ट्रव्यापीरुपमा वेबसाइट निर्माण प्रतिस्पर्धा सुरु भएको आज आयोजित कार्यक्रमा जानकारी दिइएको हो।  

विज्ञान प्रविधि तथा वातावरणमन्त्री डा केशवमान शाक्यले आज सो प्रतिस्पर्धाको उद्घाटन गर्दै सूचना प्रविधिको क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए । सचिव केशव भट्टराईले सूचना प्रविधिका क्षेत्रमा सिर्जनात्मक कार्य गर्ने युवालाई देशमै रोजागारीका अवसर सिर्जना गर्न राज्य र निजी क्षेत्र मिलेर अघि बढ्न सकिने बताए ।

क्यान अध्यक्ष विनोद ढकाल र सस्त्र क्रियसन्सका प्रमुख कार्यकारी अधिकृत आशिषजङ्ग रायमाझीले पहिलो पटक हुन लागेको सो प्रतिस्पर्धाले देशको सूचना प्रविधिमा युवाको आकर्षण बढाउन मद्दत गर्ने धारणा राखे ।

सो प्रतिस्पर्धाका संयोजक विमलकुमार शर्माले सूचना प्रविधिको विकासबाटै देशको विकासका ढोका खोल्न सकिने भएकाले राज्यले थप महत्वका साथ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।

सो प्रतिस्पर्धामा भाग लिन चाहने विद्यार्थीले रु ५०० शुल्क तिरेर आजदेखि माघ २० गतेसम्म नाम दर्ता गराउन सक्नेछन्। सो अवधिमा दर्ता भएका प्रतियोगीलाई वेबसाइट निर्माण गर्न लगाइने छ। उनीहरुले निर्माण गरेका वेबसाइटमध्ये उत्कृष्टताका आधारमा पहिलो हुनेलाई रु ५० हजार, दोस्रोलाई रु २५ हजार र तेस्रो हुनेलाई रु १५ हजार प्रदान गरिने र त्यस अवधिमा उत्कृष्ट सिर्जना प्रस्तुत गर्नेलाई रु १५ हजार छुट्टै प्रदान गरिने आयोजकले जनाएको छ।

सो प्रतिस्पर्धामा ५०० विद्यार्थीको सहभागिता हुने आयोजकले विश्वास लिएको छ। रासस

प्रकाशित: १८ पुस २०६९ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App