coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

महिलाले ‘अंग प्रदर्शन’ गर्न थालेकाे भन्दै पाकिस्तानले पनि लगायो टिकटकमा प्रतिबन्ध

सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने देशको सूचीमा पाकिस्तान पनि थपिएको छ।  

चिनियाँ एप टिकटकलाई यसअघि भारत, अमेरिकालगायतका देशले प्रतिबन्ध लगाइसकेका छन्। शुक्रबारदेखि पाकिस्तानले पनि यसमा बन्देज लगाएको हो।  

‘अनैतिक सामग्रीहरू’ भएको निश्कर्ष निकाल्दै पाकिस्तानले टिकटकलाई देशभित्र प्रतिबन्ध लगाउने निर्णय गरेको अधिकारीले जनाएका छन्।  

चीनसँगको सदाबहार मित्र भए पनि चिनियाँ एपलाई मुलुकभित्र प्रतिबन्ध लगाउनुपर्ने बाध्यता सिर्जना भएको अधिकारीको भनाइ छ।  

टिकटकबाट मुस्लिम धार्मिक संस्कारको उल्लंघन र त्यसलाई असर पार्ने कार्य भइरहेकाले त्यसलाई नियन्त्रण गर्न टिकटकमा प्रतिबन्ध लगाउनु परेका उनीहरूले बताएका छन्।  

पाकिस्तानी दूरसञ्चार प्राधिकरणद्वारा जारी वक्तव्यमा सामाजिक तथा धार्मिक संस्कार बिथोल्ने गतिविधि भएको भन्दै टिकटकविरुद्ध उजुरी परेको उल्लेख गरिएको छ।  

मुस्लिम संस्कारअनुसार महिलाले बुर्का लगाउनुपर्ने, शारीरिक अंग प्रदर्शन गर्न नहुनेलगायतका कडा सांस्कृतिक व्यवस्था भए पनि टिकटक प्रयोगकर्ताले त्यसलाई उल्लंघन गरेको उजरीकर्ताको दाबी छ। एएनआई

प्रकाशित: २४ आश्विन २०७७ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App