७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

कार्बनका नयाँ स्मार्टफोन

काठमाडौं, मंसिर ४ (नागरिक)-कार्बन मोबाइलको आधिकारिक बिक्रेता एलाइड ट्रेडलिंकले नेपाली बजारमा दुइटा सिमकार्ड लाग्ने नयाँ स्मार्टफोन ल्याएको छ। कम्पनीले दुइटा सिमकार्ड लाग्ने ए-११ र ए-१-प्लस मोडेल बजारमा ल्याएको हो। दुवै स्मार्टफोनमा एन्ड्रोइडको अपरेटिङ सिस्टम प्रयोग भएको छ।  
ए-११ मोडेलमा १५ सय एमएएचको ब्याट्री, एन्ड्रोइडको ४.०.४ आइसक्रिम स्यान्डविच अपरेटिङ सिस्टम, क्यपाटिटिभ मल्टिटचस्क्रिन, दुइटा सिमकार्ड लाग्ने, थि्रजी चलाउन मिल्ने, १ गिगाहर्जको प्रोसेसर, ३२ जिबी मेमोरी बढाउन मिल्ने, लिड फ्ल्याससहितको ५ मेगापिक्सेल क्यामेरा, वाइफाईलगायत विशेषता छन्। यसको मूल्य १५ हजार ९ सय ९९ तोकिएको छ।

ए-१-प्लस मोडेलमा एन्ड्रोइडको २.३.६ जिन्जरब्रेड अपरेटिङ सिस्टम, क्यापाटिटिभ मल्टिटचस्त्रि्कन, १ गिगाहर्जको प्रोसेसर, ३ मेगापिक्सेल क्यामेरा, फ्रन्ट क्यामेरा, १५ सय एमएएच ब्याट्री, वाइफाई, ३२ जिबी मेमोरी बढाउन मिल्नेलगायत सुविधा छन्। यसको भाउ नेपाली बजारमा ७ हजार ९ सय ९९ तोकिएको छ।

कम्पनीले चाँडै कार्बनको स्मार्ट ट्याब एसटी-९ र स्मार्टफोनहरु ए-२१ एवं ए-९-प्लस नेपालमा ल्याउने भएको छ। राजधानीको न्युरोड र नारायणगढमा सर्भिस सेन्टरसमेत भएको कम्पनीले आफ्नो स्मार्टफोन नेपाली ग्राहकले मन पराउने दाबी गरेको छ।

प्रकाशित: ३ मंसिर २०६९ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App