१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

बिक्रीमा सामसुङले एप्पललाई उछिन्यो

वासिङटन, कात्तिक २४ (एजेन्सी) - यो वर्षको सुरुको तीन महिनामा एप्पलको आइफोन फोर एसलाई सामसुङको ग्यालेक्सी एसथ्रीले बिक्रीमा उछिनेको स्ट्राटेजी एनालिटिक्सले जनाएको छ।  आइफोनको नयाँ मोडल आइफोन फाइभ आउने आशामा फोर एसको बिक्री घटेको विश्वास गरिएको छ। आइफोनको बिक्री घट्दै गर्दा ठूलो टचस्क्रिन, आक्रामक वितरण शैली र अपरेटरहरुले दिएको छुटका कारण उत्तर अमेरिका, युरोप र एसियामा ग्यालेक्सी एसथ्री लोकप्रिय भएको सो रिसर्च संस्थाले जनाएको छ।

सामसुङको ग्यालेक्सी एसथ्री यो अवधिमा एक करोड ८० लाख वटा बिकेको थियो। योसँगै सामसुङ ग्यालेक्सी एसथ्री विश्वको सबैभन्दा बढी बिक्री भएको स्मार्टफोन पहिलो पटक भएको थियो। 

सो अवधिमा १ करोड ६२ लाख वटा आइफोन फोरएस बेचेर एप्पल दोस्रो नम्बरमा रहेको थियो। तर सामसुङको यो अग्रता धेरै समय भने कायम रहन सकेन। आइफोन फाइभ मोडल बजारमा आउने बित्तिकै यसले सबैलाई पछि पार्‍यो। 


प्रकाशित: २४ कार्तिक २०६९ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App