आइफोनका फाइभभन्दा अघिल्लो 'फोर' र 'फोर-एस' मा माइक्रो सिमकार्ड लाग्थ्यो। परम्परागत सिमकार्डलाई काटेर माइक्रो सिम बनाउन मिल्छ।
तर आइफोन-फाइभमा भने माइक्रो सिमभन्दा सानो आकारको आवश्यक पर्ने भएको हुँदा अहिलेसम्म नेपाली मोबाइल कम्पनीहरुले उपलब्ध गराएका छैनन्। विदेशबाट आइफोन-फाइभ ल्याएर प्रयोग गरिरहेकाले हलुकासँग काटेर चलाइरहेका छन्।
परम्परागत सिमकार्डलाई आइफोन-फाइभमा प्रयोग गर्न काट्ने क्रममा बिग्रिएको गुनासो एनसेलको ग्राहकसेवा केन्द्रमा बढेको छ। एनसेलले यो समस्या समाधानका लागि अक्टोबरको अन्तिमदेखि नोभेम्बर पहिलो साताभित्र नानो सिम ल्याइसक्ने जनाएको छ।
प्रकाशित: ३० आश्विन २०६९ ११:२६ मंगलबार





