१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

पहिलो ल्यापटप डिजाइनरको मृत्यु

न्युयोर्क, भदौ २६ (एजेन्सी)- पहिलो ल्यापटप डिजाइनर बिल मोरिड्जको निधन भएको छ। वेलायतका प्रख्यात औद्योगिक डिजाइनरले बिलले सन् १९७९ मा पहिलो ल्यापटप सिर्जना गरेका थिए।

क्यान्सर पीडित उनको शनिबार उनको मृत्यु भएको हो। उनले १९७९ मा अमेरिकी सेनाका लागि ग्रिड कम्पास नामको कम्प्युटर डिजाइन गरेका थिए। उनले डिजाइन गरेको यो ल्यापटप पहिलो पटक अमेरिकी सेनाले खरिद गरेको थियो। बोर्ड इन्स्टल गरेपछि यो ल्यापटपको बजारभाउ ८ हजार १ सय ५० डरल तोकिएको थियो।
सन् १९६९ मा बिलले लण्डन केन्द्रित गरेर सुरु गरेको डिजाइन कम्पनी अहिले आइडियो नामबाट बहुराष्ट्रिय कन्सल्टेन्सी बनेको छ।

उनी स्ट्यान्ड फोर्ड विश्वविद्यालयका कन्सल्टिङ एशोसिएट प्रोफेसर थिए।

प्रकाशित: २६ भाद्र २०६९ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App