२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

हल्ला फैलाएको भन्दै भारतमा २५० साइट ब्लक, ट्विटरलाई कारबाहीको तयारी

नयाँ दिल्ली, भदौ ५ (एजेन्सी)- उत्तरपूर्वी भारतमा फैलँदो हिंसाका बीच हल्ला फैलाएको र आपत्तिजनक सामाग्री राखेको आरोपमा भारत सरकारले २५० भन्दा बढी वेबसाइटहरु बन्द गर्ने घोषणा गरेको छ।  

फेसबुक र गुगलले समेत भारत सरकारलाई सघाउने घोषणा गरेको छ। उत्तरपूर्वी भारतका नागरिकहरुमाथि लक्षित आपत्तिजनक सामाग्री सेन्सर गर्ने भारतको माग स्वीकार नगरिए ट्विटरलाई कानुनी कारबाही गर्न सकिने बताएको छ। 

फेसबुक र गुगलको भारतमा कार्यालय भए पनि ट्विटरको भने छैन। आफ्नो मागलाई ट्विटरले सम्बोधन गर्न ढिला गरेकोमा भारत सरकार क्रुद्ध छ। 

ट्विटरमा गरिने ट्विट र रिट्विटलाई निगरानी गर्न ट्विटरलाई प्राविधिक रुपमा पनि गाह्रो हुनसक्ने प्रविधिविद्हरुले जनाएका छन्। 

भारतले आपत्तिजनक सामाग्री, चलाखी गरी बनाइएका फोटोहरु र अरु सन्देशहरु भएका सबै वेबसाइटहरुलाई ब्लक गर्न अमेरिकाको सहयोग समेत खोज्ने योजना बनाइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। 

प्रकाशित: ५ भाद्र २०६९ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App