१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

परराष्ट्रको साइट खुल्यो; भन्सारको बन्दै

काठमाडौँ, साउन २१ (नागरिक)- इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा रहेको परराष्ट्र मन्त्रालयको साइट खुला भएको छ। तर भन्सार विभागको साइट भने यो समाचार तयार पार्दासम्म बन्दै छ। परराष्ट्र मन्त्रालयको साइटको गृहपृष्ठ आज दिउँसोसम्म आफूलाई  jas0nz666 ले चिनाउने ह्याकरको कब्जामा थियो। ह्याकरले त्यसमा आफ्नो सन्देश राख्न सफल भएका थिए।  परराष्ट्र मन्त्रालयको साइटको गृहपृष्ठ आज दिउँसोसम्म ह्याकरको कब्जामा थियो। ह्याकरले त्यसमा आफ्नो सन्देश राख्न सफल भएका थिए। मन्त्रालयको होमपेज इन्डोनेसियाली ह्याकरको नियन्त्रणबाट मुक्त भए पनि अर्को टर्किस ह्याकरले त्यसमा आफ्नो लिङ्क राखेको अझै देख्न सकिन्छ। 


त्यसैगरी सोही समूहले ह्याक गरेको भन्सार विभागको साइट भने यो समाचार तयार पार्दासम्म बन्द छ।

नागरिकन्युजमा आज बिहान समाचार आएपछि  ह्याक गरिएको अर्को साइट  वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको गृहपृष्ठ moenv.gov.np बाट ह्याकरको सन्देश हटाइएको छ।  त्यस्तै विज्ञान तथा प्रविधि मन्त्रालयको पुरानो साइट most.gov.np लाई सो मन्त्रालयको नयाँ साइट  moenv.gov.np मा रिडाइरेक्ट गरिएको छ। 

परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक (अपडेटः 2012-08-05 10:26:02)
काठमाडौँ, साउन २१ (नागरिक)- परराष्ट्र मन्त्रालय र भन्सार विभागको साइट ह्याक भएको छ। परराष्ट्र मन्त्रालयको mofa.gov.np साइटको गृहपृष्ठमाथि नै ह्याकरले कब्जा जमाएका छन्।  गृहपृष्ठमा 'इन्डोनेसियाली आक्रमण' भएको उल्लेख गरिएको छ।  त्यसैगरी अर्थ मन्त्रालय अन्तर्गत रहेको भन्सार विभागको customs.gov.np पनि ह्याक भएको छ।

सोही इन्डोनेसियाली समूहले यो साइटको पेजलाई बिगारेका छन्। परराष्ट्र मन्त्रालयको साइट जस्तै पूरै साइटमाथि नियन्त्रण नजमाए पनि यो साइटको गृहपृष्ठ बिगारेर आफ्नो सन्देश त्यो समूहले राखेको छ।  


गत साता पनि यही समूहले नेपाल सरकारको आधिकारिक साइट nepalgov.gov.np र विज्ञान प्रविधि मन्त्रालयको most.gov.np बिगारेको (डिफेस) गरेको थियो। सरकारको आधिकारिक साइट सञ्चालनमा आइसके पनि विज्ञान प्रविधि मन्त्रालयको साइट अझै निर्माणको क्रममै रहेको सन्देश राखिएको छ।


सात महिनाअघिदेखि वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयको गृहपृष्ठ moenv.gov.np मा यही समूहले डिफेस गरेर  hacked by jas0nz666 लेख्दा पनि अहिलेसम्म हटाउन सकेको देखिँदैन। 

केही अघि नेपाल प्रहरीको वेबसाइट ह्याक भएपछि अझैसम्म पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। नेपाल प्रहरीको साइटभित्र रहेको ट्राफिक प्रहरीलगायतका सब डोमेन अझैसम्म सञ्चालनमा आउन सकेका छैनन्।

प्रकाशित: २१ श्रावण २०६९ ०४:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App