३ माघ २०८२ शनिबार
image/svg+xml
प्रविधि

म्याकका लागि नयाँ अपरेटिङ सिस्टम सार्वजनिक

वासिङटन, साउन १०- एप्पलले बुधबार बिहानबाट म्याक कम्प्युटरमा नयाँ अपरेटिङ सिस्टमको बिक्री थालेको छ। २० अमेरिकी डलर पर्ने माउन्टेन लायन नामको यो अपरेटिङ सिस्टम राखेपछि कम्प्युटरमा पनि आइफोन र आइप्याड जस्तै विशेषता थपिनेछ।  एप्पलको यो अपरेटिङ सिस्टममा माइक्रोसफ्टले आउँदो अक्टोबर २६ देखि बजारमा ल्याउन लागेको विन्डोज ८ सिस्टमसँग मिल्दोजुल्दो छ।  

माउन्टेन लायन डाउनलोडबाट मात्रै बेचिनेछ। लायन र स्नो लियोपार्ड अपरेटिङ सिस्टममा मात्रै यो संस्करण अपग्रेड गर्न मिल्छ। जुन ११ मा वा त्यसपछि किनेका म्याकहरुमा निःशुल्क अपग्रेड गर्न मिल्छ। 

नयाँ ओएसमा फेसबुक, ट्विटर, फ्लिकर जस्ता सामाजिक सञ्जालसँग राम्रो इन्टिग्रेसन गरिएको छ। एजेन्सी

प्रकाशित: १० श्रावण २०६९ ०८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App