coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रविधि

टिकटकले प्रयोगकर्तालाई 'भ्यूज र कमेन्ट'का आधारमा पैसा दिने

टकटक युवा वर्गमा निकै लोकप्रिय छ। पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन्। विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड बढी पटक डाउनलोड भैसकेको छ। यसका विश्वभर ८० करोड बढी सक्रिय प्रयोगकर्ता रहेको अनुमान छ। नेपालमा पनि यसका लाखौं प्रयोगकर्ता छन्।

टिकटकले राम्रो 'कन्टेन्ट क्रियट' गर्ने प्रयोगकर्तालाई आर्थिक सहयोग गर्ने भएको छ। राम्रो कन्टेन्ट बनाउने प्रयोगकर्तालाई त्यसमा आएको 'भ्यूज र कमेन्ट'का आधारमा पैसा दिने भएको हो। त्यसका लागि अमेरिकामा २ सय मिलियन डरको कोष बनाएको सीएनएनले जनाएकाे छ। हाल यो योजना अमेरिकामै लागु हुनेछ।

टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार िदिएका हुन्। उनले भनेका छन्, राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो। यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ। तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बोरे भने केही खुलाएको छैन।

प्रकाशित: १२ श्रावण २०७७ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App