८ वैशाख २०८१ शनिबार
प्रविधि

कसले गर्‍यो विल गेट्स लगायत धनाड्य व्यापारीको ट्वीटर ह्याक?

विश्वका धनी व्यापारीहरुको ट्वीटर अकाउन्ट ह्याक भएको छ। विल गेट्स, एलन मस्क, जेफ बेजोस लगायत व्यापारी र नेताहरुको अकाउन्ट ह्याक भएको हो।

यस ह्याकलाई किङ बिटक्वाइन स्कीम भनिएको छ। विल गेट्सको ह्याक गरिएको अकाउन्टमा लेखिएको छ,  'मलाई समाजमा फर्काउने कुरा गरिरहन्छन्। अब त्यो समय आएको छ। तपाईं मलाई एक हजार डलर पठाउनुस्, म तपाईंलाई दुई हजार डलर दिन्छु।’

टेस्ला तथा स्पेस एक्सका प्रमुख एलन मस्कको अकाउन्टबाट पोष्ट गरिएको ट्वीटमा पनि एक घण्टा भित्र बिटक्वाइनमा पठाइएको पैसाको दुई गुणा फिर्ता दिने भनिएको छ।

बिटक्वाइनको लिंक सहित ट्वीटमा भनिएको छ, 'म कोभिड महामारीको कारण दान गरिरहेको छु।'

यस अघि अमेरिकाका चर्चित र्याएपर कानये बेस्ट, पूर्वराष्ट्रपति बराक ओवामा, डेमेक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार वाइडेन लगायत एप्पल र उबरको अकाउन्ट समेत ह्याक भएको थियो।

ट्वीटरले यो ह्याकिङलाई पूर्णरुपमा जाँच गरिरहेको बताएको छ।

 

 

प्रकाशित: १ श्रावण २०७७ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App