१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

सबै राजनीतिक दलको तर्फबाट संयुक्त अपिल आउछ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरी घटनामा सबै राजनीतिक दलहरुका तर्फबाट साझा अपिल जारी गरिने बताएका छन्।

बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानि गर्दै उनले राजनीतिक दलका रूपमा एउटा जिम्मेवार ढंगले अगाडि बढ्ने प्रयासस्वरूप बसेको बताए।

उनले भने,‘सबैको तर्फबाट एउटा संयुक्त अपिल पनि चाँडै आउँदैछ। त्यो अपिलले पनि अझ धेरै कुरा बताउने भएको हुनाले यसै ढंगले बुझ्न अनुरोध गर्छु।’

यस्तै उनले सरकारले गर्ने काम आफ्नो ढंगले गरि रहेको बताएका छन्। गृह प्रशासनले पनि आफ्नो फिल्डमा काम गरिरहेको बताउँदै उनले सरकारबारे समीक्षा गर्नुपर्ने र अवधारणा बनाउनुपर्ने स्थिती नआएको बताए।

विभिन्न परिस्थितिहरू आउँदाखेरि विगतमा पनि राजनीतिक दलहरू जिम्मेवार भएर एक ठाउँमा उभिएर आफ्ना धारणाहरू राख्ने र सरकारलाई आवश्यक परे ध्यानाकर्षण गराउने गरेको बताउदै उनले यो परम्परालाई  निरन्तरता दिनुपर्ने बताए।

‘कुनै पनि परिस्थिति आउँदा, विशेष गरेर कुनै पनि साम्प्रदायिक किसिमका गतिविधिहरू, एउटा सम्प्रदायले अर्को सम्प्रदाय प्रति घृणा, द्वेष, आक्रमण हुने किसिमका गतिविधिहरू हुँदा सबैलाई घाटा हुन्छ, देश सबैको हो,’उनले भने, ‘राजनीतिक रूपमा हामीले लड्ने मैदान फरक छन्, तर यस किसिमका घटनाहरू हुँदाखेरि हामी एकै ठाउँमा उभिनुपर्छ भन्ने कुराको जुन महसुस हामी सबै राजनीतिक दलहरूले गर्यौँ, यसको सन्देश पनि यही हो।’

प्रकाशित: १३ श्रावण २०८३ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App