नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन्द्र साह अनुपस्थित रहेको भन्दै असन्तुष्टि जनाएका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको, त्यसपछि थप एक जनाको ज्यान गएको तथा १० जनाभन्दा बढी घाइते भएको घटनापछि विकसित हिंसात्मक अवस्थाबारे छलफल गर्न सत्तारुढ दलले आपत्कालीन सर्वदलीय बैठक बोलाउदा प्रधानमन्त्री अनुपस्थित भएको बताएका हुन्।
उनले यस्तो संवेदनशील घटनापछि सरकारको नेतृत्व गर्ने व्यक्ति बैठकमै नबस्नु नेतृत्वको कमजोरी, असावधानी र गैरजिम्मेवारीपनको संकेत भएको बताएका छन्।
बस्नेतले प्रधानमन्त्रीको अनुपस्थितिले परिस्थितिको गम्भीरता नबुझेको भन्दै कसैको सुझाव नसुन्ने र एकल ढंगले निर्णय गर्ने उनको प्रवृत्तिले घटनालाई थप बल पुगेको बताएका छन्।
प्रकाशित: १३ श्रावण २०८३ ११:२२ बुधबार

