१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

भारतमा आजदेखि सामसङ ग्यालेक्सी थ्री

सियोल, जेठ १८ (एजेन्सी)- सामसङ इलेक्ट्रोनिक्स कम्पनीले ग्यालेक्सी एस थ्री मंगलबार युरोपको बजारमा सार्वजनिक गरेलगत्तै भारतीय बजारमा पनि सार्वजनिक गर्ने भएको छ। कम्पनीले भारतीय बजारमा बिहीबार सार्वजनिक गर्ने बताएको छ।

 एन्ड्रोइडको पछिल्लो संस्करणसहित नयाँनयाँ सुविधा रहेको यो थि्रजी स्मार्टफोन विश्वबजारमा लोकप्रिय हुँदै गएको छ। बहुप्रतीक्षित यो सेटको मूल्य भारतीय बजारमा भारु ३४ देखि ३८ हजार पर्नेछ। एप्पलको आइफोनसँग प्रतिस्पर्धा गरिरहेको सामसङले आइफोनमा भन्दा नयाँ सुविधा दिएको छ।

ग्यालेक्सी एस थ्रीमा नौला विशेषता भएकाले युवापुस्ताबीच लोकप्रिय हुँदैछ। ग्यालेक्सी एस टुभन्दा ठूलो र ग्यालेक्सी नोटभन्दा अलि सानो यो फोनको स्त्रि्कन एसटुको भन्दा २२ प्रतिशत ठूलो छ। यसमा चार दशमलव आठ इन्चको ठूलो एचडी एमोलेड स्वि्र्कन छ।
प्रयोगकर्ताले हेरुन्जेलसम्म स्त्रि्कन बन्द नहुने यसको नयाँ र आकर्षक विशेषता हो।

स्मार्ट स्टे भनिने यो प्रविधिले प्रयोगकर्ताको आँखालाई ट्रयाक गरिराख्छ। आँखा बन्द गरेपछि मात्रै बन्द हुन्छ। अर्काे यसको रमाइलो विशेषता भनेको एस भ्वाइस हो। एप्पलको आइफोनमा भएको भ्वाइस असिस्टेन्ट सिरिजको जस्तो सुविधा भएको यसमा प्रयोगकर्ताको आवाजको आदेश मान्ने एउटा सफ्टवेयर राखिएको छ। बिहान लगातार अर्लाम बजेर दिक्क बनाए स्नुज भनेपछि आफैं अर्लाम बन्द हुने सुविधा पनि एस थ्रीमा छ।

एस थ्रीमा फोन आएपछि अरु फोनमा जस्तो किप्याडमा थिचेर उठाउनुनपर्ने यसको थप विशेषता हो। मोबाइल लिएर कानमा लानेबित्तिकै फोन उठ्छ। हातदेखि कानसम्मको दुरी थाहा पाउने प्रविधि भएकाले यस्तो हुने कम्पनीले जनाएको छ।

यसमा सामसङको क्वाड कोर एक्सिनोस प्रोसेसर राखिएको छ। यसले मोबाइल छिटो चल्छ। र, एप्लिकेसनहरु छिटो खुल्छन्। अनि यसमा आठ मेगापिक्सेलको क्यामेरा छ। सेट यो नीलो र सेतो दुई रङमा किन्न पाइन्छ।

यसको अर्को लोभलाग्दो फाइदा भनेको एकैचोटि दुईवटा काम गर्न सक्नु पनि हो। इन्टरनेट चलाउँदै गर्दा गीत सुन्न मन लाग्यो भने स्त्रि्कनमा दुईवटा डिस्प्ले गर्न सकिन्छ। कसैलाई इमेल गर्दागर्दै वा अरु साइट हेर्दहेर्दै मनपर्ने भिडियो पप अप प्लेमा बजाइरहन सकिने इलेक्ट्रोनिक्स कम्पनीले जनाएको छ।

सामसङको यो नयाँ मोबाइलमा आइस क्रिम स्यान्डविच नामको एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ। सेटको थप विशेषता भनेको फेस अनलक पनि हो। अर्थात् यो फोनलाई अनलक गर्न प्रयोगकर्ताको अनुहार वा आवाज प्रयोग गर्न सकिन्छ।

प्रकाशित: १७ जेष्ठ २०६९ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App