८ वैशाख २०८१ शनिबार
प्रविधि

लक्ष्मी हुण्डाईको क्लिक टु वुक सेवा सञ्चालन

नेपालका लागी हुण्डाई मोटर्सको एक मात्र आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘क्लीक टु वुक’ सेवा सञ्चालन गरेको छ। कोभिड–१९ लाई मध्यजनर गर्दै सूरु गरेको उक्त सेवामार्फत ग्राहकले अब गाडी खरिद अनलाईनवाटै गर्न सक्ने कम्पनीले जनाएको छ।  

कोरोनाको प्रभावलाई मध्यनजर गर्दै सूरु गरेको ‘क्लीक टु वुक’ सेवा लिन ग्राहकले खरिद गर्न कम्पनीको वेबसाईटमा गई आफुलाई मन परेको बुकिङ् गर्न सक्नेछन्।  अनलाईनका माध्यमवाट सवारी साधनको मूल्य, छुट, रंगलगायतका सम्पूर्ण सेवा घरमै बसेर गर्न सकिने कम्पनीले जनाएको छ।  

कम्पनीले ‘क्लीक टु वुक’ सेवाको सूरु गरेपछि ग्राहकले आफुलाई मन परेको गाडि छनौट गरी परामर्शका लागि दर्ता प्रक्रिया सेट गर्नू पर्नैछ। आफुलाई चाहिएको सवारी साधन छनौट गरीसकेपछि कम्पनीका बिक्रि परामर्शदाताले ग्राकहकलाई सम्पर्क गर्नैछन्। कम्पनीका अनुसार ग्राहकले टेस्ट ड्राइभका लागि अनलाईनवाट गाडी बिक्रि पराशर्मदातासँग अनुरोध गर्न सक्नेछन्।  

कम्पनीका अनुसार अनलाईनवाटै अब ग्राहकले पुरानो गाडीसँग नयाँ गाडी एक्सचेन्ज गर्न सक्नेछन्। ग्राहकको सवारी साधन खरिद गर्न अनलाईनवाट कोटेशन जारी तथा बैँक, फाइनान्सको प्रक्रिया घरमै बसेर गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ। 

प्रकाशित: २१ असार २०७७ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App