२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

साढे १२ हजार रुपियाँमा सामसङ ग्यालेक्सी पकेट

काठमाडौं, जेठ ३ (नागरिक)- सामसङ मोवाइलको आधिकारिक विक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिस (आइएमएस) प्रालिले स्मार्टफोन सिरिज अन्तर्गतको सामसङ ग्यालेक्सी पकेट बी ५३०० बजारमा ल्याएको छ।
स्मार्टफोनमा लोकप्रिय हुँदै गएको यो फोन नेपालमा १२ हजार ४ सय ९० रुपैयाँमा पाइन्छ। फूल टचस्त्रि्कन भएको ग्यालेक्सी पकेटमा ३ जिबिको आन्तरिक मेमोरी छ। प्रयोगकर्ताले आफूलाई चाहे अनुसार ३२ जिबी सम्म केमोरी बढाउन सक्ने आइएमएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। लियोन १२०० एमएएचको ब्याट्री राखिएको यसमा समय कुराकानी गर्न सकिन्छ। चाँडै ब्याट्री सकिँदैन।

एन्ड्रोइड यो फोनमा ८३२ मेगाहर्जको प्रोसेसर राखिएको छ। जसले इन्टरनेट र अन्य एप्लिकेसनहरु चाँडै खुल्छन्। सामसङको एप्स स्टोरबाट नयाँनयाँ खेल र एप्लिकेसन डाउनलोड गर्न सकिन्छ।

वाइफाइ सुविधा भएको ग्यालेक्सी पकेटमा एचटिएमएल ब्राउजर, थ्रीजी, २ मेगापिक्सेल क्यामरा, जाभा एप्लिकेसनका सुविधा छन्।

प्रकाशित: ३ जेष्ठ २०६९ ०८:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App