२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रविधि

प्रहरी र ठमेल डट कम उत्कृष्ट आइसीटी प्रयोगकर्ता

काठमाडौं, वैशाख २० (नागरिक)- कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)ले वर्षभर सूचना प्रविधिका उत्कृष्ट प्रयोगकर्तामध्येबाट तीन विधामा पुरस्कृत गरेको छ।  
'सूचना प्रविधि दिवस' को अवसरमा क्यानले तीन क्षेत्रका उत्कृष्टहरुलाई पुरस्कृत गरेको हो। बुधबार राष्ट्रपति रामवरण यादवले आइसिटी बिजनेस एक्सलेन्स अवार्ड मुनिबहादुर शाक्यलाई, 'सार्वजनिक क्षेत्रमा उत्कृष्ट आइसिटी प्रयोगकर्ता अवार्ड महानगरीय प्रहरी आयुक्तको कार्यालयलाई र निजी क्षेत्रमा उत्कृष्ट आइसिटी प्रयोगकर्ता अवार्ड ठमेल ठट कमलाई प्रदान गरे।

क्यानका संस्थापक अध्यक्ष विमलकुमार शर्माको संयोजकत्वमा रहेको समितिले पुरस्कृतको छनोट गरेको हो।

छनोट समितिमा विज्ञान प्रविधि सचिव केशवप्रसाद भट्टराई, सञ्चार सचिव अवनीन्द्रकुमार श्रेष्ठ, इन्जिनियरिङका प्राध्यापक शशिधरराम जोशी, सूचना प्रविधि विज्ञ मनोहर भट्टराई, उद्योग वाणिज्य महासंघ आइसिटी कोअर्डिनेसन कमिटीका संयोजक विप्लवमान सिंह, आइस्पानका अध्यक्ष विनय बोहोरा र क्यानका अध्यक्ष कर्ण सदस्य थिए।

क्यानले विगत चार वर्षदेखि हरेक वर्ष मे २ लाई सूचना प्रविधि दिवसको रुपमा मनाउँदै आएको छ। सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहन दिने उद्देश्यले प्रयोगकर्तालाई सम्मानित गर्न भने गत वर्षदेखि सुरु गरिएको हो। क्यानले संस्था स्थापना भएको दिनलाई स्मरण गर्न सूचना प्रविधि दिवसको रुपमा मनाउन थालेको हो। सन् १९९२ मे २ मा क्यान स्थापना भएको हो।

प्रकाशित: २० वैशाख २०६९ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App