५ वैशाख २०८१ बुधबार
प्रविधि

डिजिटल शैक्षिक जागरण

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी पाँच दिवसीय (आइसिटी) प्रशिक्षणले डिजिटल शैक्षिक जागरण ल्याएको दाबी गरेका छन्।  

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कर्णाली प्रदेश आइसिटी विभागद्वारा आयोजित ‘पाँच दिवसीय सूचना तथा प्रविधिसम्बन्धी प्रशिक्षण’को आज समापन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले डिजिटल प्रशिक्षणले शैक्षिक जागरणको नयाँ अभियान थालनी भएको बताए। सूचना, सञ्चार तथा प्रविधि हाम्रो जीवन व्यहारमा उत्रेको छ, उनले भने, काठमाडौँले गर्न नसकेको काम यतिबेला कर्णालीले सम्पन्न गर्नु सराहनीय छ।

सङ्गठनका केन्द्रीय सदस्य गणेशप्रसाद रिजालले शिक्षा, सूचना, सञ्चार र प्रविधि एकअर्काका पर्याय भएको बताए। त्यसैगरी सङ्गठनका कर्णाली प्रदेश समिति अध्यक्ष रेश्मीलाल चपाँईले यो सङ्कटपूर्ण समयमा अनलाइनबाट भए पनि शिक्षकको ज्ञान, सीप र क्षमता अभिवृद्धिमा डिजिटल प्रशिक्षणले सघाउ पुग्ने बताए। सङ्गठन कर्णाली प्रदेश समितिका उपाध्यक्ष तथा आइसिटी विभागका संयोजक रामबहादुर रावलले कोरोना महामारीले सङ्कट मात्र नभई मानवीय जिउने कलामा वैकल्पिक अवसर पनि प्रदान गरेको बताए। 

प्रकाशित: ३१ जेष्ठ २०७७ ०५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App