ट्विटरले चीनको समर्थन गरेर कोरोना भाइरसबारे पोस्ट गर्ने एक लाख ७० हजार भन्दा बढी खाताहरू (एकान्ट) बन्द गरेकाे छ । ती खाता जनवादी गणतन्त्र चीनसँग सम्बन्धित भएको उसकाे भनाइ छ । त्यस्तै, ट्विटरले रुसका बारेमा गलत सन्देश फैलाउने एक हजारभन्दा बढी खाताहरुसमेत बन्द गरेको छ ।
अत्यधिक सक्रिय रहेका २३ हजार सात ५० खाताहरू र विज्ञापन र प्रवर्धक गरिने एक लाखभन्दा बढी खाताहरु बन्द गरिएको कम्पनीले जनाएको छ । ती खाताबाट हङकङको राजनीतिक अवस्थाबारे गलत सन्देह प्रभाव गरिएको थियो ।
संस्थापक ज्याक डोर्सीले भने, ‘जब कि यो नेटवर्क नयाँ छ, हामीले गतिविधि पहिचान गर्न प्रयोग गर्ने प्राविधिक लिंकहरू सुरुमा पहिचान गर्यौं र आफ्नो ब्लगबाट खुलासा गर्यौं ।’ बिबिसी
प्रकाशित: ३० जेष्ठ २०७७ ०७:४१ शुक्रबार