७ पुस २०८२ सोमबार
image/svg+xml
प्रविधि

टि्वटरमा राजेश

काठमाडौं, चैत १५ (नागरिक) - अभिनेता राजेश हमाल माइक्रोब्लग साइट टि्वटरमा प्रवेश गरेका छन्। आफ्ना शुभचिन्तक र साथीभाइसँग सम्पर्क गर्न उनले यो विधि अपनाएका हुन्।  

नक्कली फेसबुक एकाउन्टले हैरान भएपछि हमालको रोजाइ टि्वटर भएको हो। 'चलाउँदै आएको सक्कली फेसबुक एकाउन्ट पनि ह्याक भएपछि टि्वटर उपयुक्त विकल्प बनेको हो,' हमालका सहयोगी चिरञ्जिवी आचार्यले भने, 'राजेश हमालका फलोअरले उहाँको दैनिकी टि्वटर मार्फत जान्न पाउनेछन्।'

नयाँ वर्षको अवसरमा लन्डन जाने तयारी गरिरहेका हमालले त्यसपछि मात्रै टि्वटर प्रभावकारी ढंगले सञ्चालन गर्ने उनले जानकारी गराए। बेलाबेला विभिन्न विषयमा आफ्नो धारणा व्यक्त गरिरहने चाहना हमालमा पलाएको छ।

हलिउड र बलिउडका कतिपय कलाकार टि्वटर मार्फत सूचना चुहाउने काममा अभ्यस्त छन्। फेसबुकमा जस्तै टि्वटरमा पनि हमालका विभिन्न नक्कली आइडी पाइन्छ। हमालले आफ्नो सक्कली आइडी पहिचान हुने गरी टि्वटरमा चिन्ह लगाउन भने भ्याएका छैनन्।

प्रकाशित: १४ चैत्र २०६८ २१:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App