अमेरिकन एकेडेमी अफ मेट्रिमोनियल लयर्सले गरेको सर्वेक्षणमा ८० प्रतिशतले सामाजिक संजालमा लेखिएका सामाग्रीका कारण सम्वन्ध विच्छेद हुने गरेको बताएका छन्। सम्वन्ध विच्छेद गर्नेहरुले फेसबुकमा राखिएका तस्बिर र त्यसमा गरिएका कमेन्टहरुलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन्।
६६ प्रतिशत वकिलहरुले सम्वन्ध विच्छेदको मुद्दामा फेसबुकलाई प्रमाणका रुपमा पेश गर्ने गरेका छन्। १५ प्रतिशतले माइस्पेस र ५ प्रतिशतले ट्विटरमा पोस्ट गरिएका सामाग्रीलाई अदालतमा प्रमाणका रुपमा पेश गर्ने गरेका छन्।
गत वर्ष युके ल फर्मले २० प्रतिशत सम्वन्ध विच्छेदमा फेसबुकमा राखिएका समाग्रीलाई प्रमाणका रुपमा राखिने देखाएको थियो। 'असान्दर्भिक यौनिक च्याटहरुले सम्वन्ध विच्छेदको मुख्य कारण बन्ने गरेको छ,' डाइभोर्स अनलाइनका म्यानेजिङ डाइरेक्टर मार्क किनानलाई उदृत गर्दै बेलायती अखबारले लेखेको थियो। - एजेन्सी
प्रकाशित: १६ मंसिर २०६७ ०८:३२ बिहीबार





