एप्पलका संस्थापक स्टिभ जव्सले पहिलो पुस्ताको कम्प्युटर एप्पल-१ बेचेका थिए। यही एप्पल १ को पछिल्लो पुस्ता हो आई प्याड र आई फोन। यो कम्प्युटर सन् १९७६ मा ६ सय ६६ डलरमा बिक्री भएको थियो। यही कम्प्युटर २३ नोभेम्बरमा लिलाम हुनेछ।
डेली मेलका अनुसार एप्पल १ पातलो ८ के मेमोरीका साथ बजारमा ल्याइएको थियो जुन अहिलेको एप्पल कम्प्युटरभन्दा ५ लाख २४ हजार गुना कम क्षमताको हो। यसमा एउटा गीत पनि अटाउँदैन थियो।
लिलाममा रहेको यो कम्पयुट यसको सक्कली प्याकेजिङसहित उपलव्ध हुनेछ। जसमा यसको मेनुअल र स्टिभ जव्सको हस्ताक्षरसहितको पत्र पनि राखिनेछ।
प्रकाशित: २६ कार्तिक २०६७ ०७:१४ शुक्रबार





