२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

बाबु छोरीको मृत्युको कारण बन्यो फेसबुक

लन्डन - कुनै समय तनाव घटाउन फेसबुक प्रयोग गरिन्थ्यो। त्यही फेसबुक अहिले मानिसकै ज्यान लिने माध्यम पनि बनिरहेको छ। फेसबुकमा पोस्ट गरिएको सामाग्रीकै आधारमा एक प्रहरीले आफ्ना दुई छोरीमाथि गोली प्रहार गरे। जसमध्ये एकको मृत्यु भयो। दुबै छोरीलाई गोली हानेपछि ती प्रहरीले पनि आत्महत्या गरे।

इटलीको संसदीय प्रहरी दस्ताका ३९ वर्षीय अधिकृत मार्सल लिसयो कैपलीले आफ्नो १३ वर्षीया छोरीलाई गोली हानेर मारे। १५ वर्षीया अर्की छोरीलाई पनि गोली हाने र आफूलाई पनि हाने।

छोरीले सोसल नेटवर्किङ साइट चलाएको विषयमा रिसाएर प्रहरी चौकीबाट बाहिरिएका कैपलीले आफू र छोरी दुबैको ज्यान लिए। उनकी छोरीले फेसबुकमा एउटा खेल खेलेर त्यसलाई पोस्ट गरेकी थिइन्। त्यो कुरा कैपलीलाई सह्य भएन ।


घरमा उनकी श्रीमती र १० वर्षे छोरा भने घरमा थिएनन्। जब उनीहरु घर फर्के त्यतिखेर एउटा घाइते र अर्को छोरीको लासमात्र पाए।

प्रकाशित: २३ कार्तिक २०६७ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App