ट्विटरमा #BeatCancer ह्यासट्याग राखेर ट्विट गर्नुभयो भने पेपाल र स्वाग नामको संस्थाले प्रति ट्विटवापत् ५ सेन्ट क्यान्सरसम्बन्धी च्यारिटी संस्थालाई चन्दा दिनेछ।
सबैभन्दा व्यापक सोसल नेटवर्किङ सन्देशको गिनिज विश्व रेकर्ड राख्न यो अभियान चलाइएको हो।
गत वर्ष यो अभियानले विश्व कीर्तिमान बनाउनुका साथै ७० हजार भन्दा बढी अमेरिकी डलर संकलन गरेको थियो।
प्रकाशित: १ कार्तिक २०६७ ०२:०१ सोमबार





