'परीक्षणको रुपमा अहिले सेवा सुरु गरिएको हो, केही समस्या आउँछ या आउँदैन भनेर हेरिरहेका छौं,' टेलिकमको मोबाइल सेवा निर्देशनालयका प्रमुख जीवनरत्न शाक्यले भने।
गत वर्षको असार २३ गतेदेखि टेलिकमले जिएसएम (नमस्ते) प्रिपेड मोबाइलमा व्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको हो। व्यालेन्स ट्रान्सफरको सिस्टममा सुधार गरेर यो सेवा सुरु गरिएको शाक्यले बताए।
'पहिलेजस्तै सिस्टमबाट ग्राहकले व्यालेन्स ट्रान्सफर गर्न सक्छन्,' उनले भने। यसमा समस्या नआए केही दिनभित्रै सेवा पूर्ण रुपमा चलाइने र समस्या आयो भने रोकिने उनले बताए।
प्रकाशित: २२ भाद्र २०६७ ०२:३३ मंगलबार





