शनिबारदेखि सबै प्रयोगकर्तालाई फेसबुकले यो नयाँ सुरक्षा सुविधा थपेको हो।यसअघि केही प्रयोगकर्ताले मात्र यो सुविधा पाएका थिए।
यो सुविधा विशेष गरी अर्काको कम्प्युटर वा साइबरमा गएर अथवा आफ्नो कार्यालयको कम्प्युटरमा लग इन गर्ने तर लगआउट गर्न बिर्सनेहरुका लागि उपयुक्त हुन्छ। तपाईँको पासवर्ड अरु कसैलाई थाहा छ भने कुन ठाउँबाट कुन कुन बेला तपाईँको जानकारी बिना उनीहरुले लग इन गरे भन्ने जानकारी पनि तपाईँले सजिलै पाउन सक्नुहुनेछ।
यदि कुनै नयाँ कम्प्युटर वा मोबाइलबाट तपाईँको खातामा लगइन भयो भने हुने बित्तिकै एसएमएस वा इमेलबाट त्यसको जानकारी पाउने सेटिङ मिलाउने सुविधा पनि फेसबुकले थपेको छ।
यसका लागि तपाईँको फेसबुकको दायाँ छेउको माथि रहेको एकाउन्टमा क्लिक गरी त्यसबाट एकाउन्ट सेटिङ्ग्समा क्लिक गर्नुपर्छ। त्यसपछि एकाउन्ट सेक्युरिटी नजिकैको चेन्ज लेखिएको ठाउँमा क्लिक गर्नुपर्छ।

त्यहाँ तपाईँको खाताका पछिल्ला गतिविधि देखिन्छ। यदि तपाईँको जानकारी बिना त्यहाँ लग इन भइरहेको रहेछ भने इन्ड एक्टिभिटीमा क्लिक गरेर लग आउट गर्न सक्नुहुन्छ। त्यसैगरी एसएमएस वा इमेलबाट सूचना पाउनका लागि अन वा अफ छान्ने सुविधा पनि त्यहाँ हुन्छ।
प्रकाशित: २० भाद्र २०६७ ०२:२३ आइतबार





