आर्थिक वर्ष २०६६/६७ मा टेलिकमले तारवाला, सिडिएमए फोन, मोबाइल, इन्टरनेट सेवा बेचेर १० अर्ब ४० करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्षको भन्दा टेलिकमको नाफा २३ करोड रुपैयाँ बढेको छ। आव २०६५/६६ मा टेलिकमले १० अर्ब १७ करोड रुपैयाँ नाफा कमाएको थियो।
गत वर्ष टेलिफोन र इन्टरनेट सेवा बेचेर २४ अर्ब ७६ करोड रुपैयाँ आम्दानी गरेको थियो। अरु विभिन्न क्षेत्रमा गरेको लगानी समेतबाट प्राप्त भएको आम्दानी जोड्दा टेलिकमले गत वर्ष २६ अर्ब ७७ करोड रुपैयाँ कमाएको छ।
कर्मचारी खर्च, मर्मत सम्भार, रोयल्टी, ग्रामीण दूरसञ्चार कोषमा शुल्क, लाइसेन्स शुल्क, आयकर समेत तिर्दा टेलिकमले १० अर्ब ४० करोड रुपैयाँ खुँद नाफा कमाएको हो।
गत वर्ष टेलिकमको प्रति सेयर आम्दानी ६९ रुपैयाँ ३६ पैसा छ। अघिल्लो वर्ष ६७ रुपैयाँ ८६ थियो। गत वर्षको नाफाबाट टेलिकमले सेयरधनीलाई प्रति सेयर ३५ रुपैयाँ लाभांश बाँडेको थियो।
प्रकाशित: ५ भाद्र २०६७ २१:२१ शनिबार





-600x400.jpg)