७ असार २०८२ शनिबार
image/svg+xml
प्रविधि

ट्रम्पको धम्की : भारतमा आईफोन बनाए २५ प्रतिशत कर, एप्पलको शेयरमा गिरावट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पललाई फेरि धम्की दिएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, ‘मैले धेरै अघि एप्पलका सीईओ टिम कुकलाई भनेको थिएँ कि अमेरिकामा बेचिने आईफोन यहाँ बनाउनुपर्छ, भारत वा अन्य देशमा होइन। यदि यस्तो भएन भने, एप्पलले कम्तीमा २५ प्रतिशत  ट्यारिफ तिर्नुपर्नेछ।’

ट्रम्पको यो भनाइपछि एप्पलको शेयर मूल्यमा चार प्रतिशतसम्म गिरावट देखिएको छ। एप्पलका सीईओ टिम कुकले हालैको एक अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकी बजारमा बिक्री हुने ५० प्रतिशत  आईफोन भारतमा बन्छन्।’ उनले अप्रिल–जुन त्रैमासिकमा अमेरिकामा बेचिने आईफोनको उत्पत्ति भारत हुने बताए। एयरपड्स र एप्पल वाचजस्ता अन्य उत्पादन भने प्रायः भियतनाममा बन्छन्। एजेन्सी 

प्रकाशित: १० जेष्ठ २०८२ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App