३० माघ २०८१ बुधबार
image/svg+xml
प्रविधि

डिजिटल ठेगाना प्रणाली ‘कता हो? डब्लुएसएबाट पुरस्कृत

नेपालको डिजिटल ठेगाना प्रणाली ‘कता हो?’ले वर्ल्ड समिट अवार्ड(डब्लुएसए) प्राप्त गरेको छ। नेपालमा प्रविधि र नवप्रवर्तन क्षेत्रमा काम गरिरहेका अनुसन्धानकर्ता रामलक्ष्मणले ६ वर्षको मेहनतले ‘कता हो ?’ तयार गरेका हुन्। एड्रेसग्राफ नेपाल प्रालिमार्फत तयार पारिएको यो डिजिटल ठेगाना प्रणाली कता हो ? ले डब्लुएसएको स्मार्ट सेटलमेन्ट एन्ड अर्बनाइजेसन विधामा छनोट भई पुरस्कृत भएको रामलक्ष्मणले जानकारी दिए । 

डब्लुएसएले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नवप्रवर्तनका माध्यमबाट विकास भएका उत्कृष्ट प्रविधिहरूको चयन गरी पुरस्कार दिने गर्दछ । बिहीबार डब्लुएसएले आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘कता हो ?’ पुरस्कृत भएको घोषणा गरेको छ । 

यस वर्ष उक्त पुरस्कार समारोह सन् २०२५ को अप्रिल ६ देखि ९ तारेखसम्म भारतको हैदराबादमा हुने रामलक्ष्मणले जानकारी दिए । 

‘कता हो? ठेगाना प्रणालीबाट नेपालभरको जुनसुकै स्थानको ठेगान कोड तयार पारेका छौँ,’ रामलक्ष्मणले भने, ‘अफलाइन ठेगाना कोड खोज्न सकिने कता हो प्रणालीमा चार सय वटा शब्द र अंकको संयोजन गरी तीन सेकेन्डभित्र कुनै स्थानको कोड बोलीकै माध्यमबाट शेयर गर्न सकिन्छ ।’ 

यो प्रणालीबाट हालसम्म १० हजार भन्दा बढीले ठेगाना पाटी तयार गरिसकेको उनले बताए । यो प्रणाली सर्वसाधारणले निःशुल्क ठेगाना प्लेट तयार गर्न सकिने उनी बताउँछन् ।   

‘यो प्रणालीमार्फत स्थानीय तहले ठेगाना प्लेटका साथै विपत् व्यवस्थापन सूचना र  आपत्कालीन प्रतिकार्य सहायता समेत जडान गर्दै आएका छन्,’ रामलक्ष्मणले भने । 

प्रकाशित: १२ माघ २०८१ १५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App