नेकपा (एमाले) का सचिव महेश बस्नेतले सुनसरीको देवानगञ्ज घटनापछि देशमा धार्मिक सहिष्णुता कायम राख्न, सामाजिक सद्भाव जोगाउन र राष्ट्रिय एकतालाई थप बलियो बनाउन सबै पक्षसँग अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत बस्नेतले एकअर्काप्रति संयमता अपनाउन र राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा आम नागरिक सबै मिलेर समस्याको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताएका छन्।
उनले घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न तथा सरकारलाई जिम्मेवार र जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्।
बस्नेतले नेपाली–नेपालीबीच द्वन्द्व र विभाजन गराउने कुनै पनि षड्यन्त्रविरुद्ध एकजुट हुनुपर्ने भन्दै देशलाई हिंसा नभई शान्ति, सद्भाव र राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।
प्रकाशित: १३ श्रावण २०८३ ०६:५२ बुधबार





