२६ मंसिर २०८१ बुधबार
image/svg+xml
प्रविधि

डिजिटल ट्राफिक व्यवस्थापनका लागि ५१ थान मोबाइल फोन हस्तान्तरण

डिजिटल सवारी चालक अनुमतिपत्रको नियमनका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई यी मोबाइल फोनहरू प्रदान गरे।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यी मोबाइल फोनहरूले डिजिटल चलानको कार्यान्वयनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। यस प्रकारको सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाई थियो।  

कार्यक्रममा ई–सेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले यी मोबाइल फोनहरूको सहयोगले नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिको उपयोगमा थप मद्दत पुर्याउने उल्लेख गरेका छन्। उनले ट्राफिक प्रहरीको कामलाई थप प्रभावकारी बनाउन समन्वयका साथ काम गर्ने प्रतिबद्धता पनि जनाए।

प्रकाशित: ९ मंसिर २०८१ १३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App