coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रविधि

जब स्कुल-कलेजमा च्याटबट छिर्‍यो

पश्चिमा मुलुकमा कुनै विद्यार्थी कुनै पनि विषयमा कत्तिको जानकारी राख्छ भन्ने बुझ्न, उसलाई कुनै निश्चित विषयमा निबन्ध लेख्न दिइन्छ। उसको निबन्ध लेखनको कौशल, भाषाशैली, शिल्प, प्रस्तुतीकरण लगायत हेरी ऊ कस्तो विद्यार्थी हो भन्ने शिक्षक वा प्राध्यापकले बताइदिन्छन्। उसले जीवनमा गरिखाला कि नखाला भन्ने ठ्याक्कै बताइदिन्छन्।

तर अब शिक्षकलाई समेत विद्यार्थीले मात दिन थालिसके। विद्यार्थीले निबन्ध पनि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी लेख्न थाले।

पछिल्लो समय विकसित मुलुकहरूमा विद्यार्थीले चिट चोर्न च्याटजिपिटी लगायत अन्य आर्टिफिसियल इन्टेलिजेन्स औजार प्रयोग गर्न थालेको समाचार आउन थालेपछि विद्वत् वर्ग चिन्तित हुन थालेको थियो। त्यसको उपाय च्याटजिपिटीले हालै निकालेको छ। उसले शिक्षकका लागि भनी विशेष किसिमको सुविधा उपलब्ध गराएको छ। यो सुविधाले विद्यार्थीहरूले च्याटजिपिटी प्रयोग गरी चिट चोरेको हो कि होइन, केही सेकेन्डमा नै पत्ता लगाइदिन्छ। यसका लागि शिक्षकहरूले केही शुल्क तिर्नुपर्ने हुन्छ।

पश्चिमा मुलुकमा कुनै विद्यार्थी कुनै पनि विषयमा कत्तिको जानकारी राख्छ भन्ने बुझ्न, उसलाई कुनै निश्चित विषयमा निबन्ध लेख्न दिइन्छ। उसको निबन्ध लेखनको कौशल, भाषाशैली, शिल्प, प्रस्तुतीकरण लगायत हेरी ऊ कस्तो विद्यार्थी हो भन्ने शिक्षक वा प्राध्यापकले बताइदिन्छन्। उसले जीवनमा गरिखाला कि नखाला भन्ने ठ्याक्कै बताइदिन्छन्।

यस्ता शिक्षकले जब विद्यार्थीको उत्तर च्याटजिपिटीमा हाल्छन्, उसले चोरिएको हो होइन भन्ने पाँच तरिकाले उत्तर दिनेछ। चोर्ने सम्भावना बिल्कुलै छैन, चोरिएको जस्तो देखिएन, चोरिएको हो कि होइन थाहा भएन, चोरिएको सम्भावना देखियो र चोरिएकै होजस्ता उत्तर च्याटजिपिटीले दिनेछ।

उत्तर जति लामो भयो, चोरिएको हो कि होइन भन्ने निश्चय गर्न च्याटजिपिटीलाई सहज हुने बताइएको छ। च्याटजिपिटी मात्र होइन, यो व्यापारमा टर्निटिन नामक कम्पनी पनि छिरेको छ। उसले उत्तरहरू एआईद्वारा सिर्जित हो कि होइन भन्ने ९८ प्रतिशत ठ्याक्कै बताइदिन्छ। कुनै लेखनी तपाईंले टर्निटिनमा हाल्नुभयो भने उसले भन्छ, ‘एक्स्ट्रिमली कन्सिस्टेन्टली एभरेज (तपाईंको लेखन नियमित रूपमा ज्यादै औसत छ)।’

तर समस्या के छ भने प्रायः विद्यार्थीको उत्तर औसत नै हुन्छ। तपाईंका विद्यार्थीले च्याटजिपिटीमा उत्तर खोजेर हालेका भए र तपाईंले त्यो उत्तर च्याटजिपिटीलाई नै सोध्नुभए, उसले चोरी पक्रन सक्छ तर विद्यार्थीहरू यति बाठा छन् कि उनीहरूले उत्तर खोज्न मिश्रित एआई प्रयोग गर्छन्। आधा उत्तर च्याटजिपिटी र आधा अर्कैबाट उडाउँछन्। यस्तोमा विभिन्न च्याटबटले पनि वास्तविकता पत्ता लगाउन सक्तैनन्।

उत्तर जति लामो भयो, चोरिएको हो कि होइन भन्ने निश्चय गर्न च्याटजिपिटीलाई सहज हुने बताइएको छ।

विद्यार्थीहरूको चोरी पक्रनतिर लाग्नुभन्दा उनीहरूलाई बढी जिम्मेवार बनाउनु बरु उपयोगी हुने अमेरिकाको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक इयान बोगोस्टले द एटलान्टिक म्यागेजिनमा लेखेका छन्।

यो समस्या कसरी सिर्जना भयो भने गएको वर्ष च्याटजिपिटी सार्वजनिक भएयता यसलाई प्रयोग गर्नेहरूको संख्या संसारभर ह्वात्तै बढ्यो। यसको लोकप्रियतालाई ध्यानमा राख्दै च्याटजिपिटीको मूल कम्पनी ओपन सोर्सले सशुल्क नयाँ संस्करण जारी ग¥यो।

च्याटजिपिटीको चौथो संस्करणले लेखेका निबन्धहरू जाँच्दा शिक्षकहरूले ९९ प्रतिशतसम्म ठिक उत्तर दिएको बताएका थिए। कुनै एउटा विषय मात्र होइन, गणित र जीवविज्ञानका कठिनतम उत्तरहरू पनि यसले ठ्याक्क मिलायो। यस्तो भएपछि अब विद्यार्थीलाई गृहकार्य दिनु बेकार हुने टिप्पणी गर्न थालियो।

कतिसम्म भने अमेरिकाका लस एन्जल्स र वासिङ्टन राज्यको सियाटल महानगरले स्कुलहरूमा च्याटजिपिटी चल्न नमिल्ने बनाइदिए। यसबाहेक पनि केही विश्वविद्यालयहरूले आफ्ना विद्यार्थीलाई उत्तर लेख्दा एआई प्रयोग गर्नु चोरी गर्नु हो भनेर सूचनासमेत जारी गरे।

 केही शिक्षकले भने च्याटबट प्रयोग गरी उत्तर लेख्नुलाई सकारात्मक मानिरहेका छन् भने केहीले नकारात्मक। सकारात्मक मान्नेहरूले शिक्षकले नयाँ उत्पन्न परिस्थिति र वास्तविकतालाई अँगाल्नुपर्ने धारणा राखिरहेका छन्। नकारात्मक मान्नेहरूले भने अब ज्ञान वा विद्वताको कुनै अर्थ नहुने र अहिलेसम्म हासिल गरिएका ज्ञान उपलब्धिविहीन हुने बताइरहेका छन्।

विद्यार्थीहरूको चोरी पक्रनतिर लाग्नुभन्दा उनीहरूलाई बढी जिम्मेवार बनाउनु बरु उपयोगी हुने अमेरिकाको सेन्ट लुइसस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक इयान बोगोस्टले द एटलान्टिक म्यागेजिनमा लेखेका छन्।

के उसो भए च्याटबटले चोरलाई लिस्नु लगाइदिएको हो त? त्यो त हो भन्नेहरूको कुनै कमी छैन। त्यसको उदाहरण दिनेहरूले अमेरिकाका विभिन्न स्कुल तथा विश्वविद्यालयमा विद्यार्थीहरूले च्याटबट प्रयोग गरी निबन्ध लेखेको र त्यो लेखाइ पूरै खस्रो, ज्यानहीन, सूत्रात्मक हुने गरेको प्रतिक्रिया दिन थालेका छन्।

च्याटबटले कुनै पनि उत्तर दिनुभन्दा पहिले इन्टरनेटमा भएका सारा सूचना तथा जानकारीहरूलाई मनन गर्छ। त्यसपछि हरेक पटक उही प्रश्न सोधे पनि उसले फरक फरक तरिकाले उत्तर दिन्छ। यही फरक तरिकाले उत्तर दिने च्याटबटको क्षमताका कारण सबै विद्यार्थीले एउटै च्याटबटबाट उत्तर सारेका भए पनि उही र उस्तै देखिँदैन।

गएको मार्च महिनामा कलेज पढिरहेका एक हजार विद्यार्थीसँग गरिएको सर्भेले, आधाभन्दा बढीले उत्तर लेख्दा एआईको ‘सदुपयोग’ गरेको उत्तर दिएका थिए। १७ प्रतिशतले भने पूरै एआईको भर परी उत्तर दिएको बताएका थिए। बाँकीका विद्यार्थीहरूले भने अन्तिम परीक्षामा एआईलाई नै उपयोग गर्ने सोचिरहेको बताएका थिए।

यस्तोमा केही शिक्षकहरूले भने अब विद्यार्थीहरूको क्षमता लेखेर, तिनको नवीन शैली देखेर जाँच्न नसकिने बताइरहेका छन्। गएको वर्षदेखि लेखेको हेरेर गरिने मूल्याङ्कन विधिको अन्त्य भइसकेको उनीहरूको धारणा छ। कसैले ज्यादै औसत वा ज्यादै राम्रो लेख्यो भने शङ्का गर्ने आधारहरू हुन थालेकाले अब विद्यार्थीको वास्तविक मूल्याङ्कन गर्ने विधि संकटमा पर्न थालेको केही विज्ञहरू बताउँछन्। यसको उपायका रूपमा अब विद्यार्थीलाई आफ्नै अगाडि राखेर जाँच्नुबाहेक अर्को उपाय नरहेको विज्ञटोलीले धारणा राखिरहेका छन्।

च्याटबटको सबैभन्दा ठुलो समस्या यसले लेखनीलाई रोचक बनाउन, लेखनशैलीलाई चुस्त पार्न हुँदै नभएको घटना, पुस्तक तथा व्यक्तिसमेत खडा गरिदिनु हो। यस्तोमा भने समस्या हुन्छ। तर धेरै विद्यार्थीहरूले भने आफूले लेखेका कुराहरूको हिज्जे र व्याकरणीय गल्तीहरूलाई यसले सुधार्ने हुनाले यसको उपयोगितालाई सकारात्मक रूपमा लिएका छन्।

कतिपय शिक्षकले समेत एआईलाई कक्षाकोठामा उपयोग गर्नु शक्तिशाली औजारका रूपमा मानेका छन्। गएको मे महिनामा तीन हजार विद्यार्थीमाझ गरिएको सर्भेमा ९० प्रतिशतले च्याटजिपिटीसँग अध्ययन गर्दा आफ्नो पढाइको स्तर अझ बढेको बताएका थिए।

विद्यार्थीहरू मात्र होइन, अचेल शिक्षकले पनि एआई औजार प्रयोगलाई घनीभूत बनाउन थालेका छन्। उनीहरूले विद्यार्थीलाई च्याटजिपिटीबाटै पढाइरहेका छन्। यस्तोमा हुने केही गल्तीलाई शिक्षकहरूले ‘हामी पनि सिक्ने र च्याटबटलाई पनि सिकाउने’ नीति अँगालेका छन्।

च्याटबटको सबैभन्दा ठुलो समस्या यसले लेखनीलाई रोचक बनाउन, लेखनशैलीलाई चुस्त पार्न हुँदै नभएको घटना, पुस्तक तथा व्यक्तिसमेत खडा गरिदिनु हो।

उसो भए, यस्तोमा नेपालीभाषीका लागि च्याटबटहरू कत्तिको कामलाग्दा छन् त? बिल्कुलै कामलाग्दा छैनन्। यो पंक्तिकारले नेपाली भाषामा कुराकानी गर्न खोज्दा अधिकांश अवस्थामा गलत सूचना दिएको छ। अंग्रेजी तथा विदेशी विषयमा भने यसले अधिकांशः सही सूचना दिएको छ। त्यसैले नेपालीभाषी शिक्षकहरूले भने अझै केही वर्ष आफूलाई महत्वहीन ठानिहाल्नु पर्दैन। विज्ञान, गणितलगायतका प्राविधिक विषयका शिक्षकहरूले भने प्रविधिलाई अपनाएर अघि बढ्नुको उपाय छैन।

विभिन्न मिडिया रिपोर्टमा आधारित शिक्षकले जब विद्यार्थीको उत्तर च्याटजिपिटीमा हाल्छन्, उसले उक्त उत्तर चोरिएको हो होइन भन्ने जिज्ञासाको पाँच तरिकाले जवाफ दिनेछ। चोर्ने सम्भावना बिल्कुलै छैन, चोरिएको जस्तो देखिएन, चोरिएको हो कि होइन थाहा भएन, चोरिएको सम्भावना देखियो र चोरिएकै हो जस्ता उत्तर च्याटजिपिटीले दिनेछ।   

प्रकाशित: २७ श्रावण २०८० ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App