विश्वको सबैभन्दा ठूलो डोमेन दर्ता गराउने कम्पनी गो डेड्डीले अब चीनमा कुनै पनि वेभ साइट दर्ता गर्ने छैन्।
वेभसाइटमा हुने लगानीको विषयमा चीनले नयाँ कानुन जारी गरेपछि अन्तर्राष्ट्रिय आइटी कम्पनीहरु सशंकित भएका हुन्। गो डेड्डीजस्तै सेवा उपलब्ध गराउँदै आएको नेटवर्क सोलुसन एलएलसीले चीनका वेभसाइटबारे काम गर्न बन्द गरेको छ।
आज विश्वकै ठूलो डोमिन दर्ता गर्ने कम्पनीले चीन छाड्ने घोषणा गरेको छ। अब गो डेड्डीले सीएन डोमिन नाममा काम गर्दैन्। चिनियाँ सरकारको नयाँ नियमले व्यक्तिगत स्वतन्त्रता हनन् भएको छ,' अमेरिकी सांसद क्रिस्टफोर स्मिथले भने।
गो डेड्डी गुगललाई पछ्याउँदै चीन छाड्ने पहिलो मुलुक बनेको छ। उसले चीनको इन्टरनेटप्रतिको रबैयाको खुलेर विरोध जनाएको छ।
तीन अघिमात्रै चिनियाँ सेन्सरसीपको चर्को आलोचना गर्दै विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले चीन छाडेको थियो। चीनको कार्यालयलाई उसले हङ्कङ सिफ्ट गरेको छ। - न्युयोर्क टाइम्स
प्रकाशित: १२ चैत्र २०६६ ०३:०८ बिहीबार





