coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

'मेजुका स्मार्टफोन रिजनेबल र प्रविधियुक्त'

मेजु कम्पनी नेपालमा

काठमाडौं- दुईवटा स्मार्टफोन सार्वजनिक गर्दै चीनको विश्व चर्चित कम्पनी मेजु टेक्नोलोजी नेपालमा प्रवेश गरेको छ। युवी क्युटी प्रालिलाई नेपालको आधिकारिक बिक्रेता बनाउँदै कम्पनीले सोमबार आफ्ना स्मार्टफोन सार्वजनिक गरेको हो।

सोमबार विशेष कार्यक्रमबीच कम्पनीले मेजु एम ३ नोट र मेजु एम ३ एस सार्वजनिक गरेको छ। मेजु टेक्नोलोजीका साउथ एसियाका मार्केटिङ प्रमुख लिआन जाङले आफ्ना दुई उत्पादन सार्वजनिक गरे। स्मोर्ट फोन प्रयोगकर्ताका लागि शक्तिशाली ओएस र आकर्षक बनावट सहितको एम ३ नोट र एम ३ एस राम्रो विकल्प हुन सक्ने उनले बताए।

एम ३ नोटको बजार मूल्य २४ हजार ९ सय ९५ र एम ३ एसको मूल्य २१ हजार ४ सय ९५ रुपैयाँ रहेको कम्पनीले जानकारी गरायो।

एउटै बटनले होम की अपरेसन, ब्याक की अपरेसन, फिंगरप्रिन्ट अपरेसन लगायत काम एकैपटक गर्न सकिने एम ३ नोटको विशेषता रहेको कार्यक्रममा जानकारी गराइयो। कम्पनीका अनुसार फिंगरप्रिन्ट सेन्सरको माध्यमबाट मेजु एम ३ नोटले ०.२ सेकेन्डमै प्रयोगकर्ताको पहिचान गर्न सक्छ।

मेजु एम ३ नोटमा १३ मेगा पिक्सेल रियर क्यामरा र ५ मेगा पिक्सेलको फ्रन्ट क्यामरा रहेको छ। ५ इन्च हाइ–डेफिनेसन स्त्रि्कन भएको मेजु एम ३ एस पूरै मेटलबाट बनेको छ जुन फोन ग्रे, सिल्भर र गोल्डेन कलरमा उपलब्ध रहेको छ। यसमा १३ मेगापिक्सल रियर क्यामरा सहित ५ मेगा मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ।

प्रकाशित: ४ आश्विन २०७३ ०६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App