coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रविधि

आइफोनको वायरलेस हेडफोनबारे विवाद, स्वास्थ्यमा असर गर्ने चेतावनी

क्यालिर्फोनीया–अमेरिकी मोबाइल कम्पनी एप्पलले आफ्नो नयाँ उत्पादन आइफोन सेभेन र आइफोन सेभेन प्लस वायरलेस हेडफोन सहित सार्वजनिक गर्‍यो। उक्त सार्वजनिक कार्यक्रममा एप्पलका सिइओ टिम कुकले भनेका थिए ‘ हामी वायरलेस भविष्यतर्फ अग्रसर हुंदैछौ।

एप्पलले वायरलेस हेडफोनले प्रयोगकर्ताको ध्यान खिच्ने बताइरहदाँ चिकित्सकहरुले भने वायरलेस हेडफोनले मानव स्वास्थ्यमा गम्भिर असर पुर्‍याउने चेतावनी दिएका छन् ।

ब्लुटुथ प्रविधिमा आधारित यस वायरलेस हेडफोनले लो–इन्टेन्सीटि रेडियो वेभलाई प्रयोगकर्ताको कानमा पुर्‍याउँछ। तर अध्ययनकर्ताहरुले उक्त वेभले रेडिएसन उत्पन्न गरिदिने र  यसले मस्तिष्कमा रगत जाम गरिदिने भएकाले यसले मानव स्वास्थ्यमा असर गर्ने बताएका हुन्।

युसी ब्रिक्लि स्कुल अफ पब्लिक हेल्थका प्रोफेसर डा. ज्युल मोस्कोविचले भने ‘ हामी प्रविधिको नाममा आगोसँग खेल्दै छौ किन भने हामी माइक्रोवेभ प्रवाह गर्ने साधनलाई हाम्रो मस्तिष्कको नजिक राखिरहेका छौँ जुन धेरै खतरनाक छ।

यता एप्पलले भने आफुहरुले फेडरल कम्युनीकेशन कमिसनको एफसीसीको  गाइडलाइनका आधारमा उक्त वायरलेस हेडफोन तयार पारेको र यसले मानव स्वास्थ्यमा कुनै हानी नपुर्‍याउने दाबी गरेको छ।

तर मोस्कोविचले मानव स्वास्थ्यका लागि एफसीसीको गाइडलाइन नै अपर्ण भएको दाबी गरेका छन्।

त्यस्तै मोवाइल फोनको रेडियसन क्षेत्रमा लामो समय देखि अनुसन्धान गर्दै आएका डा. लिफ सल्फोर्डले भने हेडफोन प्रयोग गरेको मोवाइल भन्दा वायललेस हेडफोन खतरनाक हुने बताए। उनले भने ‘ म मोवाइल प्रयोगकर्तालाई वायरलेस हेडफोन भन्दा  वायर भएको हेडसेट वा ह्यान्स– फ्रि मोवाइल सेट प्रयोग गर्न सुझाव दिन्छु।

 

 

प्रकाशित: २६ भाद्र २०७३ १०:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App