गुगलले यसको प्रयोग तपाइँको एउटा प्रोफाइल बनाउने कामका लागि प्रयोग गर्छ। अमेरिकी सरकार वा त्यस्तै शक्तिशाली निकायले माग गरेको खण्डमा गुगलले तपाइँको त्यो व्यक्तिगत प्रोफाइल सरकार वा राज्यका निकायलाई उपलब्ध गराउँदैन भन्ने कुराको कुनै निश्चिय हुँदैन। यदि एउटै आइपी एड्रेसबाट विभिन्न किसिमका सर्च हुन्छन् भने त्यो प्यार्टन हेरेर कसैको पहिचान सजिलै पत्ता लगाउन सकिन्छ।
गुगलले ९ महिनासम्म सर्च हिस्ट्री राख्ने पोलेसी केही अगाडि मात्रै बनाएको हो। यदि तपाइँले २००५ देखि एउटै गुगल अकाउन्ट चलाउँदै आउनुभएको छ भने गुगगले तपाइँको सबै पुरानो हिस्ट्री समेत सेभ गरेको हुनेछ।
आफ्नो गुगल अकाउन्ट लग इन गर्नुहोस् र हिस्ट्रीमा जानुहोस्। त्यहाँ ड्रपडाउन मेन्यु देखिनेछ। त्यसलाई डाउनलोड गर्नुहोस्। त्यसपछि तपाइँ आफ्नो सर्चलाई आर्काइभ गर्न सक्नुहुन्छ। यदि तपाइँलाई सो कुरा डिलिट गर्नुछ भने गगल अकाउन्ट लग इन गर्नुहोस् र वेब एन्ड एपमा जानुहोस्। त्यहाँ गएर गियर आइकनमा क्लिक गर्नुहोस्। त्यसपछि रिमुभ आइटमको अप्सन चुन्नुहोस्। यसले तपाइँको गुगल सर्च हिस्ट्री डिलिट गर्नेछ।
प्रकाशित: ८ वैशाख २०७३ ०५:५५ बुधबार





