२ पुस २०८२ बुधबार
image/svg+xml
प्रविधि

कस्तो छ स्मार्ट जुत्ता?

काठमाडौं- अमेरिकाको लसभेगसमा कन्जुमर इलेक्ट्रोनिक्स सो- २०१६ को आयोजना भएको छ। हरेक बर्ष जस्तै यो बर्ष पनि विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादनहरु त्यहाँ राख्नेका छन्।


यस बर्ष केहि उत्पादनको बारेमा पहिले देखिनै निकै चर्चा भैरहेको छ। यस मध्ये एक हो, डिजिसोलको स्मार्ट जुत्ता। अहिले सम्म स्मार्टफोन र स्मार्ट घडीको बारेमा मात्र सुनिएको थियो तर अब स्मार्ट जुत्ता पनि आएको छ।

कम्पनीका अनुसार यो जुत्ताले आफै कसिलो बनाउने र खुकुलो बनाउने गर्न सक्नेछ। पैतलालाई तातो बनाउनुका साथै पसिना पनि सोस्छ। दिन भरको हिंडडुलबाट कति क्यालोरी खर्च भयो भन्ने पनि यसले रेकर्ड राख्छ।
160105123357 consumer n electric show 2 624x351 getty
यहि शोमा इलेक्ट्रोनिक्स कार फ्फगेरोको समेत प्रदर्शन गरिने छ। यो नयाँ इलेक्ट्रोनिक्स वहानले कारको दुनियालाई बदल्ने लक्ष्य राखेको छ। यसको अलवा शोमा राखिएको रोवोटिक कुकुरले समेत आकर्षित गरेको छ। यो कुकुरले आफ्नो मालिकले सिकाएका हरेक कुरा सिक्ने दावी गरिएको छ।

160105151944 robotic dog 624x351 reuters

प्रकाशित: २२ पुस २०७२ ०१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App