पुलिसलाई पाथीभरा भलिबल
नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई १९–२५, २५–१५, २५–२०, २२–२५, १५–११ ले हरायो।
नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई १९–२५, २५–१५, २५–२०, २२–२५, १५–११ ले हरायो।
नवलपरासीले मणिमुकुन्द रनिङ कप पश्चिमाञ्चल क्षेत्रीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।
त्रिभुवन आर्मीको पुरुष र एपिएफ महिला टोलीले सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिवल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार पोखरा रंगशाला आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २५–२१, २१–२५, २७–२५, २५–१३ ले हरायो।
सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले शनिबार प्रतिस्पर्धा गर्ने भएका छन्। पोखरामा पहिलो पल्ट हुन लागेको प्रतियोगिताअन्तर्गत महिला तर्फको खेल आइतबार देखी सुरु हुनेछ।
नेपालको राष्ट्रिय महिला भलिबल टोली पहिलोपल्ट अन्तर्राष्ट्रिय भलिबल महासंघ (फिभ)को आधिकारिक प्रतियोगिता खेल्न बुधबार माल्दिभ्स जाँदैछ ।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको भ्रातृ संगठन राष्ट्रिय युवा अभियानले फागुनमा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिता गर्ने भएको छ। फागुन १०–१३ सम्म काठमाडौंमा हुने प्रतियोगितामा ३ विभागीय र ५ क्षेत्रीय गरी ८ टोलीको सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमा जानकारी गराइयो।
रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो।
प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो संस्करण आइतबार सुरु हुने भएको छ। बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रमुख सेनानी रामकाजी रानामगरले सेना र नागरिकबीच सम्बन्ध प्रगाढ बनाउने लक्ष्यले भलिबलसँगै माघ २९ गते खुला म्याराथन प्रतियोगिता गर्ने जानकारी दिए।
नेपाली भलिबलको दुरावस्था छरपस्ट पार्दै राजधानीको स्वयम्भूस्थित रिड मोडल कलेजले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको पहिलो हाफमा स्पष्ट अग्रता लिएको छ। बालाजु नयाँ बसपार्कस्थित भलिबल कोर्टमा सोमबार पहिलो चरणको राउन्ड रोबिन लिग सम्पन्न हुँदा नेपाली महिला भलिबलका सबै महारथी भारतीय खेलाडीप्रेरित रिड मोडलको सिकार भए।
ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा पहिलोपल्ट विदेशी खेलाडीले सहभागिता जनाएका छन्। स्वयम्भूस्थित रिड मोडेल कलेजले प्रतियोगिताको १२ औं संस्करणमा ७ भारतीय खेलाडी अनुबन्धित गरेको छ।
माघ तेस्रो साता राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ। पोखरालाई खेलकुदको सहरका रुपमा विकास र भलिबलका नयाँ खेलाडी उत्पादन गर्न सिर्जना आमन्त्रण महिला–पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो।
सशस्त्र प्रहरी बलको एपिएफ र न्यु डायमन्ड एकेडेमीले उपाधिको मुख्य दाबेदारका रुपमा ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिपको सुरुआत गर्नेछन्।
ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक ढोरपाटन क्लबका अध्यक्ष मनवीर छन्त्यालले बिहीबार जानकारी दिएका छन्। पुस २३ देखि माघ ८ गतेसम्म गोंगबुस्थित नयाँ बसपार्कमा हुने प्रतियोगिता डबल लिगका आधारमा खेलाइनेछ।
अनुभवी विभागीय टोली आर्मीको पुरुष भलिबल टोलीले १५ वर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेको छ। बुधबार आर्मीले एपिएफलाई ३–२ सेटमा हराउँदै स्वर्ण जित्यो। पछिल्लो पटक आर्मीले नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेको थियो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ।