१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सेन्ट्रल जोनको तयारीमा भलिबल

नेपालले पुसमा एभिसी सिनियर सेन्ट्रल जोन भलिबल खेल्दा स्पाइकर सञ्जय अर्याल राष्ट्रिय टोलीमा हुने छैनन्। राष्ट्रिय टोलीबाटकरिब एक दशक खेलेका सञ्जय सुरक्षित भविष्यको खोजीमा हङकङ लागेका छन्।

सिड्नीमा हुने भलिबल प्रतियोगितामा आठ टिम भिड्दै

पोखरा भलिबल क्लबको आयोजनामा अष्ट्रेलियामा भलिबल प्रतियोगिता हुने भएको छ। डिसेम्बर ११ तारिखमा सिड्नीमा होल्म्स कप भलिबल प्रतियोगिताको आयोजना हुन लागेको हो।

दिल र दुर्गा बीच भलिबल च्याम्पियन

त्रिभुवन आर्मी क्लबका दिल सुनार र दुर्गा महतोको जोडी छैटौं पुरुष बिच भलिबल च्याम्पियन भएको छ। उनीहरूले पहिलोपल्टबिच भलिबलको उपाधि जितेका हुन्। शनिबार काभ्रेको दोलालघाट सम्पन्नप्रतियोगितामा दिल र दुर्गाले आफ्नै क्लबका दीप खड्का र ऋषिधन थापामगरलाई २१–१६, २१–१२ ले पराजित गरे।दिल उत्कृष्ट खेलाडी पनि भए। उनले५ हजार पुरस्कार पाए।

सुनकोसी किनारमा बीच भलिबल

पाँचौं महिला तथा छैटौं पुरुष राष्ट्रिय बिच भलिबल काभ्रेको दोलालघाटस्थित सुनकोसी नदीको किनारमा हुने भएको छ। नेपालमा कृत्रिम कोर्टमा बिच भलिबल हँुदै आएको छ। नेपाल भलिबल संघले यसपल्ट प्राकृतिक बिच कोर्टमा प्रतियोगिता गर्ने जनाएको छ।मंसिर १५ बाट हुने प्रतियोगितामा पाँच विकास क्षेत्रको टोलीसहित तीन विभागीय क्लब नेपाल पुलिस, एपिएफ र त्रिभुवन आर्मीले भाग लिने छन्।

गोरखामा ठूलो राशिको भलिबल

गोरखा नगरपालिका–९ छेवेटारको सूर्योदय युवा परिवारले जिल्लामै पहिलोपटक ठूलो राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

राष्ट्रिय भलिबल खेलाडी मञ्जु र सञ्जय सम्मानित

काठमाडौं- सञ्जय स्मृती प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्धय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ।

न्यू डाइमन्डलाई भलिबल उपाधि

प्रतिभा माली हावी भएको खेलमा न्यू डायमन्ड एकेडेमीले एपिएफलाई हराउँदै लगातार चौथो पटक लामाचौर राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। डायमन्डले लामाचौर कोर्टमा भएका सबै फाइनलमा एपिएफलाई नै पराजित गरेको छ।

राष्ट्रिय महिला भलिबल भोलिदेखि

लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवका अवसरमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता गर्ने भएको छ। शुक्रबार सुरु हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ।

तीज महोत्सवमा महिला भलिबल प्रतियोगिता

पोखरा-तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ।

भेद्‍भाव गरिएकोमा भलिबल खेलाडीको असन्तुष्टि

राष्ट्रिय भलिबल टोलीका उपकप्तान सञ्जय अर्यालले आफ्नो फेसबुकमा बिहीबार एउटा स्टाटस राखे, 'व्यवहारमा किन भेदभाव? महिला र पुरुष समान।' उनले अगाडि थपेका छन्, 'हेर्ने आँखाको दोष, प्रसंग बिच भलिबल।'

यस्तो भयो नेपाल र भारतबीचको मैत्रीपूर्ण भलिबल (फोटो फिचर)

काठमाडौं- नेपाली महिला भलिबल टोली शुक्रबार भारतविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भयो। शुक्रबार त्रिपुरेश्वरस्थित कभर्डहलमा नेपाललाई भारतले सोझो सेटमा पराजित गर्यो। नेपालले निकै प्रतिस्पर्धात्मक बनेको पहिलो सेट २४–२६ मा हारेको थियो भने दोस्रो सेट २०–२५ मा रोकियो। तेस्रो सेट १९–२५ ले गुमायो।

भलिबलमा नेपाल-भारत भिड्दै

नेपाल र भारतको महिला भलिबल टोलीले पाँच महिनापछि बिहीबार त्रिपुरेश्वरस्थित कभर्डहलमा पुनः एकअर्काविरुद्ध खेल्दैछन्। विश्व भलिबलमा आफ्नो प्रभाव विस्तार गरिरहेको टोली हो भारत। भारतले अहिलेसम्म दक्षिण एसियाली खेलकुद(साग) मा तीनपटक महिला भलिबल समावेश हुँदा सबैमा स्वर्ण पदक जितेको छ। दक्षिण एसियाको शीर्ष टोली भारत विश्व वरीयतामा ५७औं स्थानमा छ भने नेपाल वरीयताविहीन छ।

महिला भलिबल टोली भारतविरुद्ध खेल्न तयार

काठमाडौं–नेपाली महिला भलिबल टोलीले भारतसँग खेल्ने मैत्रीपूर्ण खेलको तयारी पूरा भएको नेपाल भलिबल संघले जनाएको छ।

भलिबलमा प्रतिभाको लहरिँदो प्रतिभा

काठमाडौं– नेपालले दुई वर्षअघि प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपको तयारी गरिरहेको थियो । घरेलु कोर्टमा नेपाली महिला टोली १५ वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैथ्यो। टोलीको बन्द प्रशिक्षणमा थिइन् १३ वर्षे प्रतिभा माली ।

पुरानै अनुहारमा महिला भलिबलको तयारी

सुस्त तयारीबीच नेपाली महिला भलिबल टोलीले भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण गरिरहेको छ। साउन १३ र १४ मा नेपालले भारतसँग त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा मैत्रीखेल खेल्दैछ। बन्द प्रशिक्षण सुरु नभए पनि महिला खेलाडीले साउन १७ देखि नियमित अभ्यास गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्