६ आश्विन २०८१ आइतबार
image/svg+xml

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन्। यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ।

चियामा सरकारी लगानी नहुँदा किसान समस्यामा

सधैँभरिको मूल्य विवाद तथा मजदुर अभावका कारण इलामका चिया किसान खेती मास्ने अवस्थामा पुगेका छन्।

चियामा डढुवा, थ्रिप्स र सिन्दुरेको प्रकोप

कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ । उत्पादन झण्डै आधा घटाउने गरी चियामा मुना पिल्सिने (थ्रिप्स), सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन् ।

अब विश्व बजारमा ‘नेपाल टी’, १२ कम्पनीले लोगो पाउँदै

नेपाल चिया उत्पादन शुरु भएको १५७ वर्षपछि आफ्नै लोगो (ट्रेडमार्क) मा नेपाली चिया निर्यात हुने भएको छ।

१२ उद्योगलाई नेपाली चियाको ट्रेडमार्क

ट्रेडमार्क प्रयोग गर्न चियाको अन्तिम उत्पादकले राष्ट्रिय चिया तथा कफी विकास बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन गर्नुपर्छ। पहिलो चरणमा देशका ४१ उद्योगले आवेदन गरेकामा १२ उद्योगले ट्रेडमार्क पाएका हुन्।

शिक्षण पेशा छाडेर टि–टुरिजम अभियानमा रमेशचन्द्र

एकेडेमिक सर्टिफिकेटलाई हेर्ने हो भने खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका रमेशचन्द्र राई कुनै शैक्षिक संस्थामा विद्यार्थीलाई पढाइरहेको हुनुपर्ने हो । तर समाजशास्त्र/मानवशास्त्रमा स्नातकोत्तर उत्तिर्ण रमेशचन्द्र हाल टि–टुरिजम (चिया पर्यटन) अभियानमा जुटेका छन् । करिब १५ वर्षे शिक्षण पेशालाई छाडेर राई गाउँकै खाली जग्गा र नांगो पाखामा चिया खेती विस्तारमा लागेका हुन् ।

चिया टिप्नेदेखि प्रशाेधनसम्म

पाँचथरको याङवरक र फालेलुङ गाँउपालीको सिमान चरिभञ्याङ क्षेत्रमा रहेको पाथीभरा टिस्टेटको चिया बगान निक्कै सुन्दर छ । निक्कै राम्रो भुवनोटमा रहेको यो चिया बगानमा एक सयको हारहारीमा स्थानीयहरुले रोजगारी पाएको देखिन्छ । आर्गानिक चिया उत्पादन हुने गर्छ ।

चकलेटको मूल्यमा चिया बेच्नुपर्ने बेला आयो : किसान

‘दुःख गरेअनुसारको भाउ पाउनु त पर्छ नि । आखिर किन हामीलाई लागत नै नउठ्ने मूल्य लिन बाध्य बनाइन्छ,’ कटुवाल भन्छन्, ‘घरमा साग रोप्ने करेसाबारीमा पनि चिया नै लगाइयो, अहिले चकलेटको मूल्यमा चिया दिनु पर्दै छ । कहिले चाहिँ हामीले यो विषयबाट मुक्ति पाउँछौं ?’

बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ। यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा बन्दाबन्दी भएपछि गुणस्तरीय चिया टिप्न सकिएन।

कानुन लत्याउँदै सरकारी चिया उद्योग

सूर्याेदय नगरपालिकाले दुई वर्षअघि नै हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेकोमा त्रिवेणी समूहले सञ्चालन गरिरहेको कन्याम चिया उद्योगले २० देखि ३० रुपैयाँमात्रै दिने सूचना टाँसेको छ। त्यो मूल्य लिन पनि उद्योगको गेटसम्म पत्ती ल्याइदिनुपर्छ।

‘नगरले तोकेको मापदण्डमा चियाको मूल्य देऊ’

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले सूर्योदय नगरपालिकाले तोकेको हरियो चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउनुपर्ने बताएका छन्।

कानुन लत्याउँदै सरकारी चिया उद्योग

सरकारी स्वामित्वकै चिया उद्योगले स्थानीय सरकारको कानुन लत्याउँदै हरियोपत्तीको मूल्य आफूखुसी तोकेको छ। सरकारी स्वामित्वमा रहेको जिल्लाकै ठूलो कन्याम चिया उद्योगले ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ विपरीत हरियोपत्तीको मूल्य तोकेको हो।

‘संघर्ष’का लागि संगठित हुँदै चिया किसान

प्रशोधन उद्योगहरूले हरियोपत्तीको मूल्यमा ‘मनलाग्दी’ गरेको भन्दै आन्दोलनरत चिया किसान संगठित हुन थालेका छन् । उद्योगहरूले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट भएका हुन् ।

चरिभञ्याङ घुम्ने कि ?

चिया टिपेको, फ्याक्ट्रीमा ल्याएको तथा प्रशोधन गरेको सबै हेर्ने मौका मिल्यो । चिया टिप्दै पूर्वेली भाका सुनियो । दिउँसो एकछिन ऐंसेलु खान पनि निस्कियौँ ।

उद्योगीले घटाए हरियोपत्तीको मूल्य

हरियो चियापत्तीको तोकिएको मूल्य नपाएपछि किसान आन्दोलित बनेका छन् । चिया प्रशोधन उद्योगहरूले स्थानीय सरकारले तोकेभन्दा थोरैमात्र मूल्य दिने भएपछि किसान असन्तुष्ट बनेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्