९ मंसिर २०८१ आइतबार
image/svg+xml

उदयपुरमा सर्पले डसेर वृद्धाको मृत्यु

उदयपुरको कटारीमा सर्पको डसाईबाट शुक्रबार राति एक बृद्धाको मृत्यु भएको छ। विषालु सर्पको डसाईबाट कटारी नगरपालिका १ बेलसोतका ६५ वर्षीया सन्तमाया विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।

सर्पले डसेर ताप्लेजुङमा एक बालकको मृत्यु

सर्पले डसेर ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ५ तापेथोकका एक बालकको मृत्यु भएको छ।

सर्प र चितुवाका कारण स्थानीय हैरान

गोरखाको सहिद लखन गाउँपालिका–७ पोखरीडाँडामा सर्पको टोकाइबाट भैंसी मरेको छ। स्थानीय बोधप्रसाद खनालको दैनिक एक पाथी दूध दिने भैंसी सर्पको टोकाइपछि शरीरमा डाबर उठ्ने, छटपटाउने गरेर शुक्रबार बिहान मरेको हो।

सर्प बचाऔँ, वातावरण जोगाऔँ

सर्प देखे मार्न वा लखेट्न अगाडि सर्ने प्रवृत्ति कायमै छ। सर्पले वातावरण संरक्षणका लागि कस्तो भूमिका खेल्छ भन्ने कमै मात्र सर्वसाधारणलाई थाहा छ।

इन्द्रायणीमा सर्पबिनै सर्पाहुति

काठमाडौंको लुति अजिमा (इन्द्रायणीमा) बुधबार मध्यरात सर्पाहुति होम सम्पन्न गरियो। सर्पाहुति होम भनिए पनि यसपाली पनि यहाँ होममा सर्पलाई समावेश गर्न सकिएन। सर्प मात्रै होइन, होममा सामेल गरिनु पर्ने भंगेरा, फट्याङ्ग्रा पनि समावेश गरिएन।

सर्पले डस्दा दिदी भाईसहित ३ को मृत्यु, एकको अवस्था गम्भीर

रुपन्देहीमा दुई दिनको अन्तरालमा सर्पको डसाइबाट तीन जनाको मृत्यु भएको छ। एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। शनिबार राति एकै घरका दिदी भाई र गएराती एकै घरमा काका, भतिजीलाई सर्पले डसेको थियो। ४ मध्ये तीन जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ।

सर्पको समस्या बढ्दै

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सप्तमनी राईलाई साउन २० गते सर्पले टोक्यो। फूलबारी गोलमेल गर्नेक्रममा अन्धा सर्पले दाहिने हातको औंलामा टोकेपछि राई उपचारका लागि ४ दिन जिल्ला अस्पताल दिक्तेलमा बसे।

उदयपुरमा सर्पको बिगबिगी, सुविधा सम्पन्न उपचार केन्द्र बनाउन माग

बेलुकाको खाना खाएर घरमै स्कुलको ‘होमवर्क’ गरेर निदाएकी १४ वर्षीया अस्मीता राईलाई सर्पले डसेको कुरा केहीबेरमै अभिभावकले पत्तो लगए। बेलका नगरपालिका २ भागलपुरस्थित घरछेउकै विद्यालयमा कक्षा ९ की छात्रा अस्मीतालाई राति ११ः०० बजे बिषालु सर्पले डसेको पत्ता लाग्नेबित्तिकै उपचार गर्न लानुपर्नेमा परिवारजनले धामीको सहारा लिन थाले।

उपचार नगर्ने अस्पतालसँग स्पष्टीकरण माग

सर्पले डसेपछि अस्पताल पु-याइएका भरतपुर–१५, मंगलपुरका ३ वर्षीय सलिन विकको उपचार नगर्ने अस्पतालहरूलाई जिल्ला प्रशासन कार्यालयले स्पष्टिकरण मागेको छ।

उपचार नगर्ने अस्पताललाई कारबाही गर्न माग

भरतपुर अस्पतालका चिकित्सकले संवेदनशीलता नदेखाएकै कारण सर्पदंशको उपचार नपाएर भरतपुर महानगरपालिका वडा नम्बर १५, मंगलपुरका बालक सलिन विकको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गरिएको छ ।

सर्पको टोकाईबाट रामपुरमा बालकको मृत्यु

पाल्पाको रामपुर नगरपालिका–१०, मा सर्पको टोकाईबाट सात बर्षीय बालकको मृत्यु भएको छ।  घरमा सुतिरहेको समयमा सर्पले टोकेर ओमबहादुर कुमालका छोरा कृष्ण कुमालको मृत्यू भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

सर्पले डसेर एक महिलाको मृत्यु

सर्पले डसेर कटारीमा एक महिलाको मृत्यु भएको छ। कटारी–२ गिद्धवरकी २३ वर्षीया यशोदा कट्टेललाई मंगलबार विहानै गोठ गएका समयमा सर्पले टोकेको थियो।

एक वर्षमा एक हजार ४०७ सर्पदंश पीडित

नेपाली सेनाको पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गतको परिसरमा रहेको सामुदायिक सर्पदंश उपचार सवा केन्द्रमा गत वर्ष एक हजार ४०७ जना सर्पदंशका पीडितको उपचार भएको छ।

सर्पदंशका बिरामी बढे

लुम्बिनी अञ्चल अस्पताल बुटवलमा सर्पदंशको उपचारकालागि  आउने बिरामीको संख्यामा वृद्धि भएको छ । अञ्चल अस्पताल बुटवलमा एक बर्षमा ११ सय ३  जना सर्पदंशका विरामीले उपचार गराएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्