९ मंसिर २०८१ आइतबार
image/svg+xml

रौतहटमा सर्पले डसेर ३ बालिकाको मृत्यु

रौतहटमा सर्पले डसेर एक हप्तामा तीन बालिकाको मृत्यु भएको छ। विषालु सर्प गोमनको टोकाइबाट गरुडा नगरपालिकामा एक र गढीमाइ नगरपालिकामा एकै परिवारका दुई बालिका रहेको जिल्ला अस्पताल गौरले जनाएको छ।

सर्पदंशबाट यो बर्ष अहिलेसम्म नौ जनाको मृत्यु

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पतालमा यस वर्षको अहिलेसम्म सर्पदंशबाट नौ जनाको मृत्यु भएको छ ।

सर्पदंशका कारण दुईको मृत्यु

महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ। गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ।

महोत्तरीमा सर्पको बिगबिगी, ४२ को उपचार

प्रचण्ड गर्मीबीच पानी पर्न थालेपछि महोत्तरी जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढेको छ। गर्मी बढिरहेकाले जेठको अन्तिम सातामा एक दुई पटक परेको पानीले दुला भरिएर सर्प बाहिर निस्कन थालेपछि सर्पदंशका घटना बढेको बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रले जनाएको हो।

सर्पले टाेकेर महिलाकाे मृत्यु

इलामको माई नगरपालिका– १० मा सर्पले डसेर मंगलबार एक महिलाको मृत्यु भएको छ । इलाम –१० बस्ने ३२ वर्षीया अनिता पौडेललाई आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा राति सर्पले डसेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा सर्पदंश र विभिन्न रोगको प्रकोप

दुई साताअगाडि आएको बाढी र पहिरोबाट प्रभावित गाउँघरमा आजभोलि विषालु सर्पको बिगबिगी बढेको छ ।

कपिलवस्तुमा सर्पदंश बिरामीको चाप, ४०० को उपचार

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीको चाप बढेको छ।

सर्पको डसाइबाट महिलाको मृत्यु

सप्तरीको सुरुङगा नगरपालिका-५ मा गएराति सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५५ वर्षीया सुगवतीदेवी यादव रहेकी छन्। राति शौच गर्न बाहिर निस्कने क्रममा आफ्नै घरको आगनमा लुकेर बसेको विषालु सर्पले यादवलाई डसेको थियो।

भ्यान्टिलेटर सहितको सर्पदंश उपचार केन्द्रको माग

सातामै एकै गाउँका तीन जनाको सर्पको टोकाईबाट मृत्यु भएपछि बर्दिवासमा भ्यान्टेलेटर सहितको सर्पदशं उपचार केन्द्रको स्थानीयले माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्